Sarawal sit lahar Notis

जग्गा कब्जा गरेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)ले झण्डा गाड्यो ।(भिडियो सहित)

98

कृष्ण ढकाल
बर्दघाट,भदौं–१७
नेकपा क्रान्तिकारी माओवादी(वैद्य समुह) बर्दघाट नगर कमिटिले बर्दघाट २ चिसापानीमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको खालीचौर आज आफुहरुले कब्जा गरेको भन्दै पार्टीको झण्डा र ब्यानर लगेर गाडेको छ । साविक माकर २/ग कि.नं. १३१० को ८ विघा २ कठ्ठा १२ धुरमा केहि सुकुम्वासीहरुले ओगटेको भएपनि कानुनी रुपमा भूमाफियाहरुले सबै जग्गा विक्रि वितरण गर्न लागेको भन्दै त्यसको विरोधमा सो जग्गा पार्टीले कब्जा गरेर जनताको नासो जनतालाई नै दिने भन्दै आफ्नो पार्टीले उक्त जग्गा कब्जा गरेको बताएको छ । आज पार्टीका जिल्ला सेक्रेटरी चोला सहित नगर सेक्रेटरी क्रान्तीको उपस्थितीमा उक्त जग्गामा गएर नाराबाजी र भाषण गरी जग्गा कब्जा गरेको घोषणा गरेका थिए । जग्गा कब्जा गरेको घोषणा कार्यक्रम आज दिउसो ठिक ३ बजे गरेका हुन ।