sunwal

नवलपरासीमा साउन ३१ गते राति १२ बजेदेखि भदौ ६ गते सम्म निषेधाज्ञा जारी ।

189

बर्दघाट,श्रावण–३०
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले भोली अर्थात साउन ३१ गते शनिबार राति १२ बजेदेखि भदौ ६ गते सम्म निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारीभएको समयमा भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट नगर्न र नगराउनुहुन अनुरोध गरीएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले जिल्लाका सरकारी कार्यालय एबं बैंक तथा वित्तिय संस्थामा विद्युतीय सेवा बाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गर्न निर्देशन गरीएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जारीगुर्न भएके सुचनामा उल्ल्ेख गरीएको छ ।