Jilla Ban Notis

बेलाशपुरमा निःशुल्क मास्क वितरण तथा सचेतना कार्यक्रम सम्पन्न ।

0 29

पाल्हिनन्दन,श्रावण २२
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको त्रास देखिएपछि मैत्री समाज नेपाल लगायत विभिन्न संस्थाको पहलमा बेलशपुर चोकमा तपाईको मास्क खै रु नामक अभियान अन्तर्गत निःशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ ।  विभिन्न संस्थाले आफ्नो आन्तरिक सहयोगबाट करिब ३ सय मास्क निःशुल्क वितरण गरेको जनाएका छन । कोरोना भाइरसले जनजीवनलाई आतंकित बनाईरहेको बेला यस प्रकारको काम गरेर सजग रहन र शतर्क रहनका लागि संदेश समेत दिएको छ ।
पछिल्लो समयमा लकडाउन खुकुल्लो भए संगै ब्यापार व्याबसायहरु खुल्न थालेको र बजार क्षेत्रमा भिडभाड संगै कोरोनाको संक्रमण पनि समुदाय स्तरमा देखिएपछि रोकथाम तथा नियन्त्रणका लागी सचेतना कार्यक्रम आयोजना गरेको उपकार समाज संस्थाले जनाएको छ । संस्थाको टोलिले महेशपुर९परासी सडकमा संचालित सवारी साधनलाई समेत मास्क र सेनेटाइजर प्रयोग गर्न आग्रह गर्दै प्रयोग नगरी सवारी साधनमा सवारहरुलाई मास्क समेत उपलब्ध गराएको थियो । उपकार समाज संस्थाका अध्यक्ष गुड्डु गुप्ताको संयोजकत्वमा रहेको कार्यक्रममा भोजपुरी पत्रकार हकहित संरक्षण संस्थाका इजहार सेख , समाजिक अभियन्ता आदित्य प्रजापति , बिनय मित्र , अमर मणि गुप्ता , सम्साद अलि, शक्ति कौशल , हृदयेश तिवारी, रामफल यादव लगायत विभिन्न संघ संस्थाका विभिन्न पदाधिकारीहरु , इलाका प्रहरी कार्यलय पिपरहवाका प्रहरी र पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.