Bardaghat notish

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद नवलपरासीको भुमहीमा छलफल कार्यक्रम सम्पन्न

205

उर्मिला यादव

सुनवल,मंसिर १४
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद नवलपरासीले सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद नवलपरासीका अध्यक्ष देबराज चौधरीको अध्यक्षतामा बसेको  छलफल तथा बैठकले मेलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एम सिए नेपाल मेलेनियम च्यालेन्ज कार्पोरेसन  एमसिसि  मार्फत नेपाल र अमेरिकाको बिचको सहकार्यमा ४०० मेगावाट बिद्युत प्रसारण लाइन बिस्तार गर्नका लागि प्रभावित स्थानिय तहहरु सुनवल नगरपालिका,रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउपालिका र बर्दघाट नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय गरेको छ ।