Bardaghat notish

तिनाउ मिसन डेभलपमेण्ट बैंक लि. द्धारा बीमा वापतको रकम भुत्तानी

189

बर्दघाट,जेष्ठ–२१
तिनाउ मिसन डेभलपमेण्ट बैंक लि.शाखा कार्यालय जिमिरेभारले कर्मचारी बचत खातामा दिएको दुर्घटना बीमा दावी भुक्तानी वापतको रकम आज भुक्तानी गरेको छ । किसान पाईप प्रोडक्ड प्रा.लि.मा कार्यरत रहेका कर्मचारी हरिनारायण चौधरीको आज उनको परिवारलाई बीमा वापतको रकम भुत्तानी गरीएको हो । २०७६ साल असोज २१ गते बुटवल उपमहानगरपालीका स्थीत कालिकानगरमा सडक दुर्घटनामा परि उपचारको क्रममा मृत्यू भएका चौधरीको परिवारलाई आज बीमा वापतको एकलाखको चेक जिमिरेभार शाखाका प्रबन्धक जगदिश जि.सी.ले किसान पाईप प्रा.लि.का निर्देशक विष्णु प्रसाद पाण्डे(शर्मा) को रोहवरमा मृतक हरि नारायण चौधरीको आमा उर्मिला थरुईनलाई भुक्तानी गरेकोशाखा प्रबन्धक जि.सी.ले जानकारी दिनु भएको छ ।