Jilla Ban Notis

प्रदेश नं. ५को सामाजिक विकास मन्त्रालय अझैपनि ‘भिजिट नेपाल २०२०’को प्रचार गर्दै ।

0 47

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–७
कोरोना भाईरसका कारण नेपालमा ‘भिजिट नेपाल २०२०’ स्थगीत गरीए पनि नेपाल सरकारको माताहतका धेरै जसो कार्यालयहरुमा अझै पनि ‘भिजिट नेपाल २०२०’को प्रचार भने रोकिएको छैन ।
प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयको लेटरप्याडमा अहिले पनि ‘भिजिट नेपाल २०२०’को लोगो राखिएको छ । आजमात्र मन्त्री सुर्दशन वरालका स्वकीय सचिव यदु ज्ञवालीले जारी गरेको मन्त्रालयको लेटरप्याडमा उक्त लोगो देख्न सकिन्छ ।
आर्थिक र सामाजिक असमानताहरूको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामुलक समाज निर्माण गर्ने लक्ष्यका साथ अघिबढेको वर्तमान ओली सरकारका प्रदेश मन्त्रालय र स्थानियतहका धेरै जसो कार्यालयहरुले अझै सम्म पनि आफ्नो कार्यालयको लेटरप्याडमा ‘भिजिट नेपाल २०२०’को लोगो हटाएका छैनन् । वर्तमान ओली सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘भिजिट नेपाल २०२०’को लोगो सबैले प्रयोग गरेर नेपालमा आन्तरीक तथा वाहिय पर्यटकहरुको चहलपहल बढाउन सबैलाई आग्रह गर्नु भएको थियो । अधिकतम २० लाख पर्यटक नेपाल भित्र्याउने गरी तयारी थालेको वर्तमान सरकारले भ्रमण वर्ष उद्घाटन समारोहका लागि मात्र कुल ५ करोड ३ लाख ८५ हजार रुपैयाँ छुट्याएको थियो । तर भ्रमण वर्ष उद्घाटन गरेसंगै कोरोना भाईरसको संक्रमण विश्वभर फैलिएपछि ‘भिजिट नेपाल २०२०’ स्थगित गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.