Jilla Ban Notis

सुनवल खानेपानीको कार्यालयमा चोरी गर्नेलाई प्रहरीले गर्यो गिरफतार ।

0 23

गोपि ज्ञवाली
सुनवल,बैशाख–५
लकडानउको मौका छोपेर पश्चिम नवलपरासीको सुनवल खानेपानीको कार्यालयमा चोरी गर्नेलाई एक जनालाई प्रहरीले गिरफतार गरेको छ ।  सुनवल नगरपालिका वार्ड नम्बर ४ बनाहा स्थित सुनवल खानेपानी तथा सरसफाई संस्थाको कार्यालयमा ताला फोरेर गत मंगलवार रातीको समयमा लु १९ प २१९९ मोटरसाईकल एक कार्यालयमा प्रयोग हुदै आएको डेल कम्पनीको मोटरसाईकल लगाएतका सामानहरु चोरी भएको थियो । सुनवल खानेपानीको कार्यालयमा चोरी भएको २४ घन्टा भित्रै चोरीमा संलग्न रहेको आरोपमा सुनवल नगरपालिका वार्ड नम्बर ४ सोमही टोल निवासी १९ वर्षको दिपक सुनारलाई चोरी गरेको ल्याप्टप सहित प्रहरीले गिरफतार गरेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख प्रहरी निरीक्षक बलराम गिरीले बताउनु भयो । चोरी भएको मोटरसाईकल सुनवल ४ महलपोखरीको तल्लो भागको खोल्सामा लुकाई राखीएको अवश्थामा, खानेपानी संस्थाको ल्यापटप एवं अन्य कार्यालय प्रयोजनका सामानहरु चोरीमा संलग्न सुनारको साथ बाट नै प्रहरीले बरामद गरेको छ भने सुनारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाईएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.