Jilla Ban Notis

सुस्ता गाउँपालिका का कर्मचारीद्धारा सुस्ता गाउँपालिका को विपद प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग

0 19

फूलकुमारी
बर्दघाट,बैशाख–३

विश्वभरी फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण र विपद व्यवस्थापनका लागी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका को विपद प्रकोप व्यवस्थापन कोषमा सुस्ता गाउँपालिका का कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् । उनीहरुले आफ्नो दैनिक तलब स्केल अनुसारको आर्थिक सहयोग गरेको कर्मचारी गणेश घिमिरेले जानकारी दिनु भएको छ । सुस्ता गाउँपालिका का योजना तथा प्रशासन शाखा प्रमुख विष्णुप्रसाद ढकालका अनुसार सुस्ता गाउँपालिका को विपद प्रकोप व्यवस्थापन कोषमा कर्मचारीहरुले १ लाख ८७ हजार २ सय १७ रुपैयाँको चेक सुस्ता गाउँपालिका का अध्यक्ष रामप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका थिए । तर नगरपालिका का जनप्रतिनिधिहरुले भने अहिले सम्म सुस्ता गाउँपालिका को विपद प्रकोप व्यवस्थापन कोषमा कुनै सहयोग नगरेको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.