sunwal

सरावलको गणेशपुरमा मोटरसाईकल र बस एक आपसमा ठोकिदा एकको मृत्यु

121

उमेश बि.क
  सरावल,२२ चैत
नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ गणेशपुरमा मोटरसाईकल र बस एक आपसमा ठोकिदा एकको मृत्यु भएको छ ।सरावल गाउँपालिका वडा नं. ७ वडा सदस्य गंगोत्तरी देबि हरिजनको माइला छोरा अजित कुमार हरिजनको मोटरसाइकल बसमा ठोक्कि अनियन्त्रित हँुदा गम्भीर घाइते भएका थिए ।गणेशपुर निवासी २२ बर्षीय अजित कुमार हरिजन शनिबार बिहान करिब साढे ९ बजे युपि ५७ क्यु ५६४३ नम्बरको मोटरसाइकलबाट साथिलाई भेट्न जाने क्रममा बाटोमा राखिएको बसमा ठोक्कि मोटरसाइकल अनियन्त्रित हुँदा गम्भीर घाइते भएका हुन ।घाइते हरिजनलाई पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार गराउने क्रममा मृत्युु भएको छ ।हरिजनको मोटरसाइकल तिब्र गतिमा भएको कारणले गर्दा मोटरसाइकल नियन्त्रण हुन नसक्दा बासमा ठोक्केको स्थानीयले बताएका छन ।