बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा संयुक्त प्यानलको वर्चस्व,अध्यक्षमा धातानन्द बस्याल विजयी ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट–४ नवलपरासीको ८औं अधिवेशनवाट धातानन्द बस्याल अध्यक्ष पदमा विजयी हुनुभएको छ । संस्थाको आईतबार भएको निर्वाचनमा नेपाली काँग्रेसका तर्फवाट उमेदवारी दिनुभएका संयुक्त प्यानलका अध्यक्ष धातानन्द बस्यालले १ हजार ३ सय ९० मत ल्याई अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहांले अर्को नेकपाको तर्फवाट एकल प्यालनका अध्यक्ष पदका उमेदवार प्रदिप सुवेदीलाई ४ सय २९ मतले पछिपार्दै बस्याल अध्यक्ष पदमा विजयी हुनुभएको छ । नेकपाका तर्फवाट अध्यक्षपदका उमेदवार सुवेदीले ९ सय ६१ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपाध्यक्षमा भने नेकपा प्यानलका दिपक लम्सालले १ हजार २ सय मत ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी संयुक्त प्यानलका रमेश कुमार श्रेष्ठले १ हजार १ सय २२ मत प्राप्त गर्नु भएको छ । त्यस्तै, सचिव पदमा संयुक्त प्यानलकै धन बहादुर गुरुंगले १ हजार १ सय ८७ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी नेकपा प्यानलकी सृजना आचार्यले १ हजार १ सय २८ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्ष पदको लागी सयुक्त प्यानलकै थुमाकला बस्यालले १ हजार १ सय ८५ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी सरस्वती पन्त कण्डेलले १ हजार १ सय १३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा सयुक्त प्यानलकै रेनुका क्षेत्री गिरि, सिता गुरुंग, भुलई प्रसाद थारु, मंगले सार्कि, कालिदास पाण्डे कृष्ण विजयी हुनुभएको छ ।
