Bardaghat notish

होलीएन्जलका बिद्यार्थीहरुद्धारा जेष्ठनागरीक सम्मान

538

कृष्ण ढकाल
बर्दघाट,असोज–१६
होलीएन्जल अंग्रेजी माध्यामिक विद्यालय,बर्दघाट–१ मोतीवस्ती (माकर)का बिद्यार्थीहरुले अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जेष्ठनागरीक अथार्त आफ्ना हजुरबा– हजुरआमाहरुलाई सम्मान गरेका छन ।
कक्षा ५ मा पढ्ने बिद्यार्थीहरुले विद्यालयका प्रिन्सीपल गुरुदत्त पौडेलको अध्यक्षता र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भगवती पौडेलको प्रमुख आतिथ्यतामा जेष्ठनागरीक सम्मान कार्यक्रमको आयोजना गरेर ज्येष्ठ नागरिक दिवस अर्थात ग्रेन्डफादर डे मनाएको होलीएन्जल अंग्रेजी माध्यामिक विद्यालयका सहायक प्रिन्सीपल अर्जुन पौडेलले बताउनु भएको छ ।

कक्षा ५ का मनाङ राना र कक्षा ९ का विश्वास वि.क.को सञ्चालन रहेको उक्त कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुलाई बिद्यार्थीहरुले दोसल्ला ओठाएर सम्मान गर्नुका साथै कदर पत्र समेत प्रदान गरीएको विद्यालय संयोजक सुमन रानाले जानकारी गराउनु भएको छ ।
शिक्षक,कर्मचारी,बिद्यार्थी,ज्येष्ठ नागरिकहरु र अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको उक्त कार्यक्रममा बिद्यार्थीहरुले नाचगान सँगै नाटक,कविता वाचन लगाएत अन्य मनोरञ्जनका कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सीपल गुरुदत्त पौडेलले ज्येष्ठ नागरिकप्रति सम्मान, कृतज्ञता र आदरभाव अभिव्यक्त गर्नुका साथै विद्यार्थीहरूमा ज्येष्ठ नागरिकप्रतिको सम्मान र संस्कारको विकास गर्न सबैले पहल गर्नु पर्ने बताउनु भएको थियो । ज्येष्ठ नागरिकप्रति सम्मान, सद्भाव र पुस्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन यसप्रकारका कार्यक्रमहरुले थप टेवा पुग्ने प्रिनसीपल पौडेलको भनाई थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष भगवती पौडेलहरुले विद्यार्थीहरूले ज्येष्ठ नागरिकका अनुभव, संघर्ष र जीवन भोगाइबारे जानकारी लिन कार्यक्रमले सहयोग पुग्ने भन्दै जेष्ठ नागरीकहरूको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्ताले आत्मसात् गर्नुपर्ने बताउनु भयो ।