sunwal

मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्न आदिवासी जनजाति सुनवलमा जम्माहुदै

582

कृष्ण ढकाल

भुमही,साउन–२०

नेपाल आदिवासी जनजाति महासङ्घ,जिल्ला समन्वय परिषद् नवलपरासीले यहि साउन–२४ गते सुनवलमा ३२ औ अन्तरास्ट्रिय आदिवासी  दिवस मनाउने भएको छ ।

जिल्लाका ७ वटा एकल जातीय संगठनहरुले आ–आफ्नो जातीय भेष भुषा सहित सुनवल चोकबाट प्रभातफेरी गर्दै महामाया रिर्सोटमा पुगेर कार्यक्रम गर्ने योजना तयगरीएको नेपाल आदिवासी जनजाति महासङ्घ,जिल्ला समन्वय परिषद् नवलपरासीकी अध्यक्ष्ँ टिचन गुरुङले जानकारी गराउनु भएको छ ।

नवलपरासीमा विश्व आदिवासी  दिवस मनाउने सन्र्दभमा आज जिल्ला समन्वय परिषद् नवलपरासीले भुमहिमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी गराएको हो । विगतका वर्षहरुमा आन्दोलनका रुपमा दिवस मनाउने गरेको नेपाल आदिवासी जनजाति महासङ्घले यस बर्ष भने आन्दोलनका रुपमा नभै समायोजन र जनजातीका अधिकारहरुको रक्षामा केन्द्रित भएर दिवस मनाउन लागिएको  अध्यक्ष्ँ गुरुङको भनाई रहेको छ ।

आफ्‌नै मौलिक संस्कार, संस्कृति, प्रथा,परम्परा र इतिहास भएका आदिवासी जातजाति समुदायलाई अहिले स्थानिय पालिकाहरुले समेत खासै चाँसो नदिएकाले आफुहरुले जिल्लाका सातवटै पालिकामा आदिवासी जातजाति समुदायको अधिकार प्राप्तीका लागि उचित बजेट विनियोजनका लागि पत्राचार गरेको समेत बताउनु भयो । राज्यद्वारा नै विभेद गरिएकोले धेरै जातजातिहरू अस्तित्व विहिन हुनपुगेको भन्दै आदिवासी जनजातिहरुले स्वयम आफ्नो मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्न एकजुट्नु हुनुपर्ने धाराणा राख्नु भएको थियो ।

नेपाल आदिवासी जनजाति महासङ्घ,जिल्ला समन्वय परिषद् नवलपरासीकी अध्यक्ष्ँ टिचन गुरुङको अध्यक्षता र सल्लाहकार एवं सुनवल वडा नं. १ का वडाध्यक्ष मान बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति थापाले आई.एल.ओ.१६९ र नेपालको संविधानले प्रदान गरेको आदिवासी जातजाति समुदायको हक अधिकार सुनिश्चित हुनु पर्ने बताउनु भयो । त्यसैगरी अहिलेको सरकारले जनजाती प्रतिष्ठानको खारेजी गर्न लागेको प्रति खेद प्रकट गर्नु भएको थियो ।

नेपाल आदिवासी जनजाति महासङ्घ,जिल्ला समन्वय परिषद् नवलपरासीका सचिव उपेन्द्र प्रद्यानको सञ्चालन रहेको पत्रकार सम्मेलनमा जिल्ला समन्वय परिषद् नवलपरासीका सल्लाहकारद्धय देवराज चौधरी,मिलन गुरुङ ,थारु कल्याणकारी समाजका मुन्द्रिका चौधरी,नेपाल मगर संघका चन बहादुर गाहामगर,गुरुङ राष्ट्रिय परिषदका उदिम बहादुर गुरुङ,नेवा देव दबुका शेष नारायण श्रेष्ठ,सोम गुरुङ लगाएतका जातीय नेताहरुको उपस्थिती रहेको थियो ।