Bardaghat Na pa

सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को प्रवेश

519

नवलपरासी जेठ– २९

शुक्रबार बिहान करिब ६ बजे भारतीय सीमा सुरक्षा बल (एसएसबी) का केही सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेको स्थानीयले बताएका छन। स्थानीयवासीले त्यसको प्रतिकार गरेपछि घटना बाहिर आएको थियो। तर, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने उक्त घटनाबारे आफूलाई बिहान करिब ८ः३० बजे मात्र जानकारी प्राप्त भएको बताएका छन्।

बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा भारतिय प्रहरी आएर आफुलाई जबर्जस्ति त्यहा बाट उठाउन लागेपछि बिवाद सुरु भएको र पछि गाउँले आएपछी उनिहरु हटेको सुस्ताका स्थानीय छोटु खाँले बताए ।

प्रजिअ नेपालका अनुसार सो क्षेत्रमा निर्माण गरिएको कल्भर्टमा पानी जमेको अवस्थाबारे निरीक्षण गर्न एसएसबीका सुरक्षाकर्मी त्यहाँ पुगेका थिए। तर स्थानीयले कल्भर्टको अवस्था हेर्ने विषय प्राविधिकसँग सम्बन्धित हुने भएकाले एसएसबीको उपस्थितिलाई सामान्य घटनाका रूपमा व्याख्या गर्नु उचित नभएको सुस्ताकै स्थानीय अगुवा सन्जित शर्माले बताए ।ूसिमानामा घोल छ र त्यो घोल वारि नेपालीको खेत छ अहिले त उनिहरु नेपालीको खेतमै आएर अन्नबाली उठाउने कुरामा समेत अवरोध गर्दै आएका छ्न ूशर्माले भने ।

।सुस्ताका स्थानीय सन्जित शर्माले सिमामा नेपालीमाथी ज्याजती हुदा समेत प्रहरी प्रशासनको कुनै भुमिका नदेखिएको बताए ।सुस्ता बासी यो कुराले दिनहु आक्रान्त भएको तर सिमामै रहेका प्रहरी मुखदर्शक बनेको उनको आरोप छ ।

स्थानीयवासीको भनाइमा नेपालका सुरक्षा निकाय तथा प्रशासनलाई पूर्वजानकारी वा अनुमति नदिई विदेशी सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गर्नु गम्भीर विषय भए पनि प्रशासनले त्यसको यथार्थ सार्वजनिक गर्न चासो नदिएको देखिन्छ। उनीहरूले यस्ता घटनामा स्पष्ट छानबिन, तथ्य सार्वजनिक गर्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने दायित्व प्रशासनले पूरा गर्न नसकेको आरोप लगाएका छन्।सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जसवालले भने, प्रहरी प्रशासनले नसके अब हामी सुस्ता बासी आफै हतियार उठाउन बाध्य हुन्छौं
सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को प्रवेश र सीमा सम्बन्धी घटनाबारे स्थानीय प्रशासनले स्पष्ट तथ्य सार्वजनिक नगरेको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्। सुस्तामा पटक–पटक सीमा अतिक्रमण र एसएसबीको प्रवेशका घटना दोहोरिँदा पनि प्रशासनले वास्तविकता बाहिर ल्याउनुको सट्टा विषयलाई सामान्यीकरण गर्ने गरेको आरोप स्थानीयको छ।

सुस्ता क्षेत्र विगतदेखि नै सीमा विवाद र भारतीय सुरक्षा बलको गतिविधिका कारण संवेदनशील मानिँदै आएको छ। पछिल्लो घटनापछि प्रशासनको भूमिकामाथि पुनः प्रश्न उठेको छ भने स्थानीयले यस्ता विषयमा पारदर्शी सूचना र कडा कूटनीतिक तथा प्रशासनिक पहलको माग गरेका छन्।