sunwal

दाउन्नेदेवी मावि बर्दघाटले फोर जिपिए सहित ४४ जना विद्यार्थी उत्रिर्ण गरायो

658

कृष्ण ढकाल
बर्दघाट,बैशाख–३१
दाउन्नेदेवी माध्यमिक विद्यालय बर्दघाटले माध्यामिक शिक्ष्ाँ परिक्षा–२०८२ ( एसइइ ) मा उत्रिर्ण विधार्थीहरु र शिक्षक कर्मचारीहरुलाई एक कार्यक्रमका विच सम्मान गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तपचन्द्र प्रयासीको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

विधार्थीहरु तथा शिक्षक कर्मचारीहरुको सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरको शिक्षाक्षेत्रको सुधारका लागि नगरले दिलखोलेर लगानी गरेको बताउनु भयो । अहिले नगरका सबैजसो सामुदायिक विद्यालयहरुले आफ्नो शैक्षिक स्तरमा समेत सुधार ल्याएको नगरप्रमुख श्रेष्ठको भनाई रहेको थियो ।

दाउन्नेदेवी माध्यमिक विद्यालय बर्दघाटले आयोजना गरेको उक्त बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै कार्यक्रमका विषिष्ठ अतिथि एवं नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले आयाम पौडेल जस्ता फोर जि पि ए ल्याउने गरी विद्यार्थी उत्र्रिण गर्न सफल भएकोमा विद्यालय परिवार र बिद्यार्थी एवं अभिभावकलाई धनयवाद प्रकट गनुभएको थियो । उहाँले शिक्षालाई प्रभावकारी नबनाएसम्म अन्य भौतिक विकास निमार्णका कामले नगरको समृद्धि सम्भब नहुने भन्दै नगरले शिक्षालाई बढी जोडदिएर अघि बढेको धारणा राख्नु भएको थियो ।

त्यसैगरी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तपचन्द्र प्रयासीले सामुदायिक विद्यालय तर्फ बर्दघाट नगरमा रहेका ११ बटा विद्यालयहरु मध्ये माध्यामिक शिक्ष्ाँ परिक्षा–२०८२ मा दाउन्नेदेवी तेस्रो स्थानमा आफुलाई स्थापित गर्दै फोर जि पि ए सहित ४४ जना विद्यार्थी उत्रिण गर्न सफल भएकोमा विद्यालयका शिक्षक,बिधार्थी तथा अभिभावकहरुलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

शिक्षक भोजराज चापागाईको सञ्चालन रहेको कार्यक्रममा बोल्दै प्रधानाध्यापक नेत्रलाल न्यौपानेले नगरका अन्य विद्यालयको तुलनामा दाउन्नेदेवी माध्यमिक विद्यालय बर्दघाटको नतिजा उत्कृष्ट आएको बताउनु भएको थियो ।