sunwal

बर्दघाट नगरपालिकाले विपद् उद्धार कोषमा ३० लाख बढी सहयोग

580

कृष्ण ढकाल

बर्दघाट, भाद्र- ११

रसुवामा आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि बर्दघाट नगरपालिकाले प्रधानमन्त्री विपद् उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले नगरभित्र कार्यरत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिको तीन दिन बराबरको सहयोग गर्ने निर्णय गरेको हो । विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्थानीय सरकारसँगै जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूबाट समेत सहयोग आवश्यक रहेकाले उक्त निर्णय गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बतनउनु भयाे ।

विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको उद्धार र राहतमा सहयोग पु¥याउनु सबैकाे दायित्व रहेकाे बताउदै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने निर्णय गरेकाे र अरु सबैलाई पनि सहयोग गर्ने आग्रह गर्नु भयकाे थियोे ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार नगरभित्रका शिक्षकहरूको,कर्मचारी र जनप्रतिनिधिको तीन दिन बराबरको आधारभूत तलबबाट झन्डै २७ लाख बढी रुपैयाँ, जनप्रतिनिधि र नगरस्तरीय विपद् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ गरी झण्डै ३० लाख रुपैयाँभन्दा बढी रकम विपद् उद्धार कोषमा जम्मा गरिनेछ ।

नगरपालिकाले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।