sunwal

चिकित्सा उपचार तथा परामर्श सेवाको लागि समझौता

558

कृष्ण ढकाल
बर्दघाट,भदौं–९
मकर सनराइज बचत तथा ऋण सहकारी संस्था लि., बर्दघाट–४, बर्दघाट, नवलपरासी र देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट, देवदह नगरपालिका, रूपन्देही विच संस्थागत रुपमा चिकित्सा उपचार, सहयोग तथा परामर्श सेवाको समझौता भएको छ ।
२०८३ भाद्र ७ गते भएको सम्झौता अनुसार देवदह मेडिकल कलेजमा सेवा लिन जाने मकर सनराइज बचत तथा ऋण सहकारी संस्थाका कुनै पनि शेयर सदस्यहरुले ओपिडी सेवामा ५० प्रतिशत देखि आइपिडी, आकस्मिक सेवा र नियमित फलोअप लगायत बिभिन्न सेवाहरुमा फरक फरक प्रतिशतमा छुट पाउने गरी संस्थागत सम्झौता गरीएको संस्थाका अध्यक्ष रुकमागत ज्ञवालीले बताउनु भएको छ ।

एक वर्षको लागि गरीएको उक्त सम्झौतामा संस्थाको तर्फबाट अध्यक्ष रुक्मागत ज्ञवाली र प्रबन्धक सागर सापकोटाले हस्ताक्ष्ँर गर्नु भएको छ भने देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युको तर्फबाट अध्यक्ष गोपाल बहादुर पोखरेलले हस्ताक्षर गर्नु भएको छ । जस्को साक्षीका रुपमा देवदह मेडिकल कलेज, देवदहका व्यवस्थापन सल्लाहकार डा। रोहित राज क्षेत्री र कार्यक्रम संयोजक हिरालाल धामी रहनु भएको छ ।

दुवै पक्षको हितका लागि चिकित्सा सेवा लिने र प्रदान गर्ने सम्बन्धमा बिभिन्न सर्त तथा बन्देजहरू समाहित गरी आवश्यक चिकित्सा उपचार, सहयोग तथा परामर्श सेवाहरू प्रदान गर्ने र लिने बिषयमा सहमति जनाउदै समझौता भएको संस्थाका उपाध्यक्ष हुमनाथ आचार्यले बताउनु भएको छ । तर मकर सनराइज बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूमा आश्रित व्यक्तिहरूको हकमा पुरा ​​५० प्रतिशत छुट हुने उपाध्यक्ष आचार्यले बताउनु भयो ।

संस्थाले आयोजना गर्ने स्वास्थ्य शिविरहरूमा संस्थाको अनुरोधमा देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटले प्राविधिक सहयोग उपलब्ध गराउने कुरामा सहमति गरीएको समेत उपाध्यक्ष आचार्यले जानकारी गराउनु भएको छ।