Bardaghat Na pa

दाउन्ने सडक चिप्लो भएपछि मालवाहक सवारी साधनमा रोक

501

कृष्ण ढकाल
बर्दघाट,चैत्र–७
शुक्रवार देखि परेको पानीका कारण बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने सडक चिप्लो भएपछि मालवाहक सवारी साधनमा रोक लगाइएको छ । नारायणगढ– बुटवल सडक अयोजना (पश्चिम खण्ड) ले सूचना निकालेर चैत ८ गते आइतबारसम्म मालवाहक सवारी साधनमा रोक लगाएको हो ।
मालवाहक सवारी साधनहरु चिप्लोका कारण सडकमै फस्ने र ओभरलोडले थप समस्या निम्ताएको भन्दै रोक लगाइएको हो । सडक हिलाम्मे हुँदा चिप्लोका कारण सवारी साधन चल्न सकेका छैनन । बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि मालवाहक सवारी साधनमा रोक लगाइएको छ ।
सबैभन्दा बढी दाउन्नेको क्याप्टेन डाँडाँ र ६४ मोडको सडक बिग्रिँदा सवारी सञ्चालन हुन कठिनाई भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । सडक अवरोध भएपछि पूर्व पश्चिम जाने मालवाहक सवारी साधनहरु बर्दघाटको टिसिएन चोक र दुम्किवासमा रोकिएको प्रहरीले जनाएको छ ।