Bardaghat Na pa

चिसापानी ग्रिनभेल्टको जग्गा नगरसरकारको माताहतमा ल्याउन माग गर्दै सांसद खनाललाई ज्ञापन पत्र

राष्ट्रिय आवास कम्पनी लि.मिटेड योजना कार्यालय नै खारेज गर्ने पहिलो प्रयास हुने छ ः सांसद खनाल

537

कृष्ण ढकाल
बर्दघाट, फागुन–३०
बर्दघाट–२,चिसापानी ग्रिनभेल्टमा रहेको जग्गा नगरसरकारको माताहतमा ल्याउन माग गर्दै नव निर्वाचीत संघिय सांसद विक्रम खनाललाई ज्ञापन पत्र सहितको फाईल हस्तान्त्रण गरिएको छ । वडा स्तरीय जग्गा सहजीकरण समितिले आज चिसापानी सामुदायिक वनको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी ग्रिनभेल्ट जग्गा काण्डको विस्तृत विवरण सहित प्राप्त अभिलेखको फाईल सांसद खनाललाई हस्तान्त्रण गरेको थियो ।

२०३४ साल देखि बर्दघाट–२,चिसापानीका जनताले संरक्षणगर्दै आएको ग्रिनभेल्टको जग्गा राष्ट्रिय आवास कम्पनी लि.मिटेड योजना कार्यालय माकरले फिर्ता गर्नु पर्ने माग गर्दै आवश्यक पहल गरीदिन मागगर्दै चिसापानीवासीले वडा स्तरीय जग्गा सहजीकरण समितिका अध्यक्ष प्रेम भुजेल लगाएतको सिंगो टिम मार्फत प्राप्त अभिलेखको फाईल सांसद खनाललाई हस्तान्त्रण गरेको हो।

२०६१ साल सम्म ग्रीनवेल्ट को नाममा रहेको जग्गा २०६१ साल साउन ३२ गते सोमवार तात्कालिन ग्रामिण आवास कम्पनीको मिति २०५७ साल असार ८ गतेको पत्र च।न.२१७७ अनुसार भन्दै तात्कालिन ग्रामिण आवास कम्पनीको नाममा नवलपरासी नापी कार्यालयले उक्त ग्रीनवेल्टको जग्गा नामसारी गरेको हुँदा वदर गरी स्थानिय नगर सरकारको मताहतमा ल्याउन आवश्यक पहल गरीदिन माग गर्दै ज्ञापन पत्र बुझाइएको थियो ।

ज्ञापन पत्र बुझदै नव निर्वाचीत संघिय सांसद विक्रम खनालले बर्दघाट–२,चिसापानी ग्रिनभेल्टमा रहेको जग्गाका वारेमा आफुले पहिले पनि सक्दो पहल गरेको बताउदै अब यसका कानुनी पाटो देखि हरेक पक्षका वारेमा के भएको छ के गर्न सकिन्छ बुझेर आएका विकल्पहरु जनता संग लिएर मात्र आफुले डिसिजन गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ।


सकेसम्म राष्ट्रिय आवास कम्पनी लि.मिटेड योजना कार्यालय नै खारेज गरेर नयाा ढंगबाट अघिबढ्ने गरी कानुनी बाटो खोज्दा यसक्षेत्रका धेरै समस्याहरु नै समाधान हुने भएकाले पहिलो प्रयास त्यसमा रहने सांसद खनालको भनाई थियो । अहिले जनताले गरेको विश्वासलाई आत्मसाथगर्दै सबै कानुनी संरचनाहरुलाई परिमार्जन गरी नयाँ सिराबाट आउटपुट आउनेगरी कामगर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

माकर २ र ग कित्ता नं. १३१० को जग्गा चिसापानीका स्थानियवासीहरुले संरक्षण गरेर राखेकै कारण अहिले उक्त जग्गामा ट्रमा सेन्टर निमार्णको कार्यसंगै , चिसापानी बर्दघाट नगर अस्पताल सञ्चालन भैरहेको छ । ग्रिनवेल्डको जग्गा बचाउनका लागि चिसापानीवासीहरुले पटक पटक स्थानिय संघर्ष समिति बनाएर नै ,बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीको कार्यालयमामा तालाबन्दी गर्ने देखि बिभिन्न प्रकारका आन्दोलन र संघर्षका कार्यक्रमहरु गर्दै आएका छन ।

बर्दघाट–२ (साबिक माकर–२ ग) चिसापानीमा कित्ता नं १३१० को कूल आठ बिघा दुई कट्ठा १२ धुर जग्गामध्ये पूर्व तिरवाट करीब तीन बिघा एक कट्ठा जग्गा राष्ट्रिय आवास कम्पनीले कूल ५२ वटा प्लटका लागि २०७५ सालमा छुट्टा–छुट्टै टेण्डर आह्वान गरी बिक्री गर्न खोजिको थियो ।

नक्कली कागजात बनाएर एकलौटी रुपमा तिमिल्सिना टे«डर्स प्रा.लि.ले सबैजसो टेण्डर हालेर हात पार्न लागेको स्थानियले थाहापाएसंगै टेन्डर रोकेका थिए । टेण्डर प्रक्रियाबारे स्थानीयवासीले पारदर्शी नभएको जनाउँदै विरोध जनाएपछि राष्ट्रिय आवास कम्पनी लिमिटेडले सो बोलपत्रहरु अस्वीकृत गरेको थियो ।

बर्दघाट नगरपालिका भित्र रहेको जग्गा बर्दघाट नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने भएपछि जग्गा बिक्री गर्दा स्थानीय तहसँग समन्वय गर्नु पर्ने हुन्छ त्यसैले नगरको अनुमति विना उक्त जग्गा विक्रि वितरको कुनै पनि काम हुननसक्ने भएपछि स्थानियवासीहरु नगरपालिकालाई नै बढी जिम्मेवार बनाउनएर २०३४ साल देखि बर्दघाट–२,चिसापानीका जनताले संरक्षणगर्दै आएको ग्रिनभेल्टको जग्गा नगर वा वडाको माताहतमा ल्याउनु पर्नेमाग राद्यदै आएका छन ।