Bardaghat Na pa

तपाई भोट दिनु म कृषि र पर्यटनलाई मुख्य प्राथमिकता दिएर कामगर्ने छु ः रामप्रसाद पाण्डे

595

कृष्ण ढकाल
बर्दघाट,फागुन–९

पश्चिम नवलपरासी जिल्लाको निर्वाचन क्ष्ँेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेको तर्फबाट उमेदवारी दिनुभएका रामप्रसाद पाण्डे यतिवेला चुनावी अभियानमा ब्यस्त रहनु भएको छ । उम्मेदवार रामप्रसाद पाण्डे मतदाताको घरदैलोमा पुगेर मत माग्ने क्रममा किसानले भोग्नु परेका समस्या, देखि भौतिक विकासका कामहरु आफुले पुरा गर्ने प्रतिवद्धता जाहेरगर्दै सुर्य चिन्हमा भोट हाल्न आग्रह गर्नु भएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका समस्यालाई बिगत देखि नै आफुले नजिकबाट बुझेको र समयमा किसानले उखुको भुक्तानी नपाउने जस्ता समस्या समाधान गर्र्नेे प्रतिवद्धता सहित पाण्डेले भोट माग्नु भएको छ । निर्वाचन प्रचार प्रसारका क्रममा ब्यस्त रहनु भएको पाण्डेले आफू सुस्ता गाउँपालिका अध्यक्ष हुँदा देखि नै स्थानिय मुलुभुत समस्या,चुनौती र नागरिकले चाहेका कुरा नजिक बाट बुझेको बताउनु भयो ।
घरदैलो गर्ने क्रममा सडक निर्माण ,शिक्षामा सुधार गर्नुपर्ने, बेरोजगारी, सिँचाइ तथा मलखाद अभाव लगायतका समस्याहरू अधिकांश मतदाताले आफुसंग गुनासो गरेको जानकारी दिनु भयो । त्यसैगरी चुरक्षेत्रका खोलानालाले निम्तयाउने देखि बाढीको डुबानबाट धेरै धनजन क्षतिहुने गरेको बारेमा मतदाताहरूले जानकारी तथा सुझाव दिएको पाण्डेले बताउनु भयो ।

आफू पालिका अध्यक्ष हुँदा सिमित श्रोत साधनका बाबजुत पनि गाउँपालिकामा उल्लेख बिकास गरेको दावीगर्दै पाण्डेले सोही कारण राष्ट्रले पनि आफुलाई पदक सहित सम्मान गरेको स्मरण गर्नु भयो ।
“म पालिका अध्यक्ष थिएँ,सिमित श्रोत साधन मात्रै होईन मेरा सिमित अधिकार पनि सिमित थिए,त्यसैले अब यो क्षेत्रको समस्या केन्द्रमा ,सदनमा पुर्याउनु छ,आज फरक दृष्टिले हेरिने सुस्तामाथिको नजर र भाष्यलाई बदल्नु पर्छ,ठूलो सम्भावना बोकेको समग्र यो क्षेत्रलाई नै बिकासको बाटोमा अघि बढाउनु पर्छ भन्ने दृढ संकल्प सहित उम्मेदवार बनेको हुँ”पाण्डेले भन्नू भयो ।

पाण्डेले नवलपरासीको क्षेत्र नम्बर १ पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले ठुला आश्वासन भन्दा यसको बिकास गरी सामान्य रोजगारीको ब्यवस्था गरेर युवालाई देशमै अड्याउने बाताबरण बनाउन सबै लाग्नु पर्ने र आफू त्यसमा प्रतिबद्ध रहेको बताउनु भयो ।

“म उम्मेदवार नहुदै पनि दिनहुँ यहिका नागरिक सग ठोकिने मान्छे हुँ,यहि माटोले मलाई हुर्काएको हो,यहिको माटोमा कर्म गरेको छु ,मैले केही गर्नु पर्छ भन्ने हुटहुटी चाहिँ छ,हेरौ सबै कुरा जनताको हातमा छ,तर पनि विश्वास,भरोसा छ,आशा छ “पाण्डेले भन्नू भयो ।
यहाका उखु किसान केरा उत्पादक किसान र समग्र कृषि क्षेत्रको समस्यालाई अब पृथक किसानमैत्री नीति बनाएर अगाडि बढ्नु पर्ने पाण्डेको भनाई छ ।राज्यले कृषि क्षेत्रमा करोडौ लगानी गरेपनी पारदर्शीता र उपयुक्त नितिको अभावमा समावेशी रुपमा वास्तविक किसान समेटिन नसकेको उल्लेख गर्दै आफ्नो मुख्य प्राथमिकतानै कृषि र पर्यटन रहेको उहाँले बताउनु भयो ।

यो क्षेत्रको पर्यटन बिकास सग जोड्न सके रोजगारी सृजना हुने अन्य शिक्षा स्वास्थ लगायत जनताका आधारभूत कुरामा आफ्नो जोड रहने पाण्डेको भनाई छ ।”मैले ठुला ठुला आश्वासन दिनु हुँदैन,जनताले अझै पनि कयौ नागरिक आधारभुत आवस्यकता बाट पनि पछाडि छ्न”ती बर्ग र समुदायका लागि मैले केही गर्न सक्छु भन्ने लागेको छ “पाण्डेले भन्नू भयो ।