Bardaghat Na pa

संयुक्त संघर्ष समितिद्वारा निर्वाचन बहिष्कारको आव्हान सहित नवलपरासीमा घरदैलो

504

बर्दघमट, फागुन-८

निर्वाचन बहिष्कार गर्न अपिल सहित जिल्लामा घरदैलो अभियान संचालन भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सहित चार दल सम्मीलित संयुक्त संघर्ष समितिले निर्वाचन बहिष्कारको अपिल सहित घरदैलो गरेका हुन । समितिका जिल्ला संयोजक रवि पाण्डेयका अनुसार जिल्लाको गोपीगन्जमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापाको नेतृत्वमा निर्वाचन बहिष्कारको अपिल सहित घरदैलो गरिएको हो ।

त्यस्तै बर्दघाट-१४ बुद्वबस्ती, गङ्गाबस्ती र धर्मबस्तीमा समेत घरदैलो कार्यक्रम गरिएको थापाले बताउनु भयाे। जिल्लाको ४१ वटा वडामा घरदैलो कार्यक्रम संचालन भैरहेको संयुक्त संघर्ष समितिले जनाएको छ । जिल्लामा क्राकपा नेपाल,नेकपा(बहुमत),बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपाले निर्वाचनको बहिष्कार गर्ने बताएका छ्न । यस बाहेक पनि जिल्ला समाजवादी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त जेनजी समुह पनि बहिष्कारको पक्षमा छन ।