कृष्ण ढकाल
बर्दघाट,फागुन – ३
नेपाली कांग्रेस र नेपाल प्रेस युनियनमा लामो समयदेखि आबद्ध रहँदै आएका पुरुषोत्तम सुवेदीले दुवै संस्थाबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा सुवेदीले विगत लामो समयदेखि नेपाली कांग्रेस र यसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनसँग आवद्ध रही विभिन्न जिम्मेवारी निर्वाह गरेको उल्लेख गरेका छन्। तर पछिल्लो समय पार्टी पंक्तिबाट आवश्यक संरक्षण र साथ नपाएको भन्दै गहन सोचविचारपछि आजैको मितिबाट लागू हुने गरी राजीनामा दिएको जनाएका छन्।
उनी नेपाल प्रेस युनियन नवलपरासीका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस नवलपरासीका पूर्व कार्यालय सचिवसमेत रहिसकेका छन्। सुवेदीले आफूलाई विभिन्न भूमिकामा सेवा गर्ने अवसर प्रदान गरेकोमा सम्बन्धित संस्थाप्रति आभारसमेत व्यक्त गरेका छन्।

बिनोद चौधरीको निर्वाचन क्षेत्र रहेको पश्चिम् नवलपरासी १ बाट हिजो मात्रै काङ्ग्रेसका ६ जना नेताले पार्टी परित्याग गरेका छ्न ।उम्मेदवार चौधरी र उनी निकट नेतृत्वले सबै नेता कार्यकर्तालाई समेट्न नसकेको आरोप लाग्दै आएको छ ।
