बर्दघाट,माघ २१,
अन्तराष्ट्रिय वि लभ यू फाउन्डेसनद्वारा बर्दघाटमा आयोजित रक्तदान कार्यक्रममा ६९ पोइन्ट रगत संकलन भएको छ।
फाउन्डेसनको आयोजना, नेपाल रेडक्रस सोसाइटी बुटवल शाखा रुपन्देहीको प्राबिधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बर्दघाटको समन्वयमा ८१६ औं विश्वव्यापी रक्तदान अभियान अन्तर्गत बुधबार बर्दघाट ४ बाढिपिडितमा अवस्थित बर्दघाट उधोग वाणिज्य संघमा आयोजित कार्यक्रममा ३१ महिला र ३९ जना पुरुष गरि ७० जनाले रक्तदान गरेका छन।
फाउन्डेसनका लुम्बिनी प्रदेश सम्योजक बिगम तामाङ को अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले मानव हितको लागि गरिएको यस्ता कार्य उत्कृष्ट रहेको बताउदै,आगामी दिनमा फाउन्डेसनले नगर सङ संस्थागत सहकार्य गरेर आगामी बढेमा नगरको पुर्ण सहयोग रहने बताउनु भयो।
उक्त कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बेदबिना तिवारीले रक्त अभाव भइरहेको वर्तमान समयमा यस परोपकारी संगठनले पुर्याएको कल्याणकारी कामको लागि प्रशंसा गर्दै यस्ता खालका कार्यक्रम अन्य संघसस्थाले पनि गर्न सके प्रभावकारि हुने बताउनुभयो ।
सोहि कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाका सभापति नारायण प्रसाद अधिकारीले रक्तदानको आवश्यकता ,प्रभाव र उपलब्धि बारे प्रकाश पार्नु भएको थियो।
उपस्थित सम्पुर्णलाइ स्वागत सहित कार्यक्रमको उदेश्य माथि कार्यक्रमका अध्यक्ष बिगम तामाङले प्रकाश पार्नु भएको थियो भने संस्थाका सदस्य श्रावण कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
“आमाको प्रेम सारा संसारमा “भन्ने मुल नाराका साथ आयोजना भएको रक्तदान कार्यक्रममा करीब १५० बढीको सहभागीता रहेको थियो।
फाउन्डेसनले यसअघि सातै प्रदेशका काठमाडौँ,भक्तपुर,ललितपुर,नेपालगंज,जस्ता विभिन्न ठाउँहरूमा रक्तदान अभियान आयोजना गरेर अमूल्य जीवन बाँड्ने कार्यमा योगदान पुऱ्याएको छ ।
सन् २००४ मा कोरियाबाट सुरु भएको रक्तदान अभियानको यो २२ औँ वर्ष हो यस संस्थाले रक्तदान गर्नुको साथै विभिन्न तरिकाले मानव कल्याणका गतिविधिहरू गर्दैआएको छ ।
सन् २०१५ को महाभूकम्प पीडितका निम्ति राहत कार्य, लुम्बिनीमा भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई पराजित गर्न क्वारेन्टिन सामग्री वितरण इत्यादि राष्ट्रिय विपद्का बेलामा पनि यो संस्था सक्रियतापूर्वक सरिक हुँदैआएको र यो संस्था भावी पुस्ताको शैक्षिक सहयोगमा पनि केन्द्रित रहेको फाउन्डेसनका सदस्य आशिष सुनारले जानकारी दिनु भयो।
