परासी ,माघ
पश्चिम् नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचीत बिघटित प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले यो क्षेत्रमा बिकासको नाममा माखो समेत
मारेनन ।नगरेको कामको जस लिने र मिडिया ट्रायल गर्ने बाहेक उनले यो क्षेत्रमा खासै योजना ल्याउन सकेनन ।अर्बपती चौधरीको चिल्ला कुराले भोट दिएका जनताहरु अहिले पछुताएका छ्न ।
यो चुनावमा समेत अहिले उनी उम्मेदवार बनेर फेरी नया भ्रम छर्न नवलपरासी आईपुगेकाछ्न ।
चुनाव जितेको ३ बर्षसम्म कुनै काम गर्न नसकेका चौधरीलाई उनको स्वभावका कारण जिल्लाका नेताहरुले समेत साथ छोड्दै गएका छन ।लुम्बिनी प्रदेशका मन्त्री देवकरण प्रसाद कलवार र पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कन्डेलले समेत उनको साथ छोडेका छ्न ।
प्रदेश मन्त्री देवकरण प्रसाद कलवारको मतभारको ढाडसले चुनाव जितेका चौधरी नवलपरासीका लागि आईकन बन्ने अपेक्षा राखिएपनी यस क्षेत्रको बिकासमा भन्दा उनी आफ्नै ब्यापारले बेफुर्सदिला छ्न ।उनी आक्कल झुक्कल मात्रै जिल्ला आउने गर्छ्न ।उनी आएको गएको मतदाताले समेत पत्तो पाउदैनन ।
मिडिया ट्रायल र अरुले गरेका कामको जस लिन चौधरी खप्पिस छ्न भन्ने कुरा प्रमाणित भएको छ ।
चौधरी काम कम र प्रचार बढी गर्ने नेता भएकै कारण लामो समय यहि क्ष्ाेत्रमा संगठन गरेका नेताहरुले उनको साथ छोडेका छन ।तर जनताले प्रश्न गरिरहे पनि उनले अघि सारेका योजना अधुरै रहेपनी उनी सग नजिक रहेर लाभ लिएकाहरुले भने उनलाई बिकासको एक्लो नायकका रुपमा प्रस्तुत गरिरहेका छन ।तर पछिल्लो समय जनताले उनलाई राम्रै सग मुल्यांकन गरेका छ्न ।केही दिन अघि एक कार्यक्रममा चौधरीले रोकिएको सुस्ताको झोलुङ्गे पुलको काम आफ्नै पहलले निर्माण सम्पन्न भएको दावी गरे सुस्ता पारी भएको बिधुतिकरण समेत आफैले गरेको जस लिन भ्याए।
चुनावताका निकै चर्का र महत्व्काङक्षि योजना अघि सारेका चौधरीले मत बटुल्न नायक भुवन केसी र प्रदिप खड्कालाई समेत नवलपरासी उतारेर कार्यक्रम गर्न भ्याए ।यति मात्रै होईन चौपत्ताको आम सभामा उनले नेपाली काङ्ग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड”लाई उतारेर आफ्नो पक्षमा भाषण गर्न लगाए ।
सभालाई सम्बोधन गर्दै प्रचण्डले चौधरी यस क्षेत्रका लागि बरदान साबित हुने बताए,सभापति देउवाले समेत चौधरीले यस क्षेत्रमा मल कारखाना खोल्ने सम्मको आश्वासन दिए।अहिले उनको मल कारखाना र केराको चिप्स उधोग कहाँ गयो भनेर आम मतदाले प्रश्न गरिरहेका छ्न ।अघिल्लो निर्वाचन ताका सिजि स्न्याक्स प्राली दर्ता गरेर युवालाई रोजगारी दिने बाचा गरेका चौधरीले सचिवालयमै म्यानपावर चलाएर युवाहरु बिदेश पठाउन थालेका थिए ।
चौधरीका कारण अहिले आफ्नो राजनीति नै सकिने होकि भन्ने डरले जिल्लाका नेताहरुले उनको साथ छोड्दै धमाधम समीकरण परिवर्तन गर्न थालेका छ्न ।पैसाको बलमा सधैं निर्वाचन जित्ने घमण्ड पालेका अर्बपती चौधरीको एक एक हिसाब यो क्षेत्रका जनताले राखेका छ्न ।
