Bardaghat Na pa

प्रथम बर्दघाट एक्सपोलाई अटोरिक्सा व्यवसायीको साथः भाडामा भारी छुट

495

बरर्दघाट,माघ- १०
उद्योग व्यापार संघ बर्दघाटद्धारा आगामी माघ आगामी माघ १३ देखि सञ्चालन गर्न लागेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ को सन्र्दभमा नगरका अटोरिक्सा व्यवसायीहरुसंग अन्र्तक्रिया गरिएको छ ।
उद्योग व्यापार संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यता तथा एक्सपोका सांस्कृतिक तथा गोष्ठी सेमीनार संयोजक मोहन सापकोटाको अध्यक्षतामा संस्थाको सभाहलमा कार्यक्रम गरिएको छ ।


अन्र्तक्रीया कार्यक्रममा अटो रिक्सा व्यवसायीहरुले एक्सपो अवधिभरकालागि भाडामा भारी मात्रामा छुट दिने प्रतिवद्धता व्यक्त गरेका छन । व्यवसायीले न्यूनतन भाडा ३० रुपैया लिइदै आएकोमा मेला अवधिभर २५ रुपैया लिने र ५० रुपैया लिईदै आएको स्थान सम्मका लागि ४० रुपैया लिने तथा रु ७० भन्दा बढि भाडालाग्ने स्थाहरुमा रु २० रुपैया छुट दिने प्रतिवद्धता व्यक्त गरेका छन ।
त्यस्तै उद्योग व्यापार संघका अध्यक्ष राजु न्यौपानेले अटो रिक्सा व्यवसायीको साथ र सहयोगकालागि धन्यवाद प्रकट गर्दै अटो रिक्साहरुलाई पार्किङ्ग तथा टाफिक व्यवस्थापनकालागि सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभएको छ ।