Bardaghat Na pa

बजार विकास समितिहरु र लाेक दाेहरी प्रतिष्ठान सँग अन्तरक्रिया सम्पन्न

505

बर्दघाट,माघ- ४
उद्योग व्यापार संघ बर्दघाटले आगामी माघ १३ देखि सञ्चालन गर्न लागेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ को सन्र्दभमा बजार विकास समितिहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।
आइतबार बर्दघाट स्थित संघको कार्यालयमा बर्दघाट बजार विकास समिति, पञ्चनगर बजार विकास समिति, जिमिरेभार बजार विकास समिति, भटौलिया बजार विकास समिति र चिसापानी बजार विकास समितिका पदाधिकारीहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बर्दघाट बजार विकास समितिका अध्यक्ष गोविन्द आचार्यले स्थानिय व्यवसायीहरु लागी स्टलमा छुट र विशेष स्थान चयन गर्ने अवसर प्रदान गर्नको लागी सुझाव व्यक्त गर्नुभएको छ । आचार्यले मेलामा अखाद्य पद्धार्थहरु समेत विक्रिवितरण हुन सक्ने बताउँदै त्यसमा सचेतता अपनाउन सुझाव दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा पञ्चनगर बजार विकास समितिका अध्यक्ष रामजी चापागाईले स्थानिय उत्पादनहरुको प्रर्वद्धनको लागि यस मेलाले नयाँ ढंगले काम गर्नुपर्ने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा जिमिरेभार बजार विकास समितिका सचिव बालकृष्ण अधिकारीले संघको लक्ष्य र योजना अनुसार नै एक्सपो सम्पन्न गर्नको लागि सुझाव दिनुभएको थियो ।
बजार विकास समितिलाई सम्बोधन गर्दै उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष तथा एक्सपो मुल समिति संयोजक राजु न्यौपानले विशेष गरी स्थानिय र कृषि सँग आवद्ध भएका व्यवसायीहरुलाई पहिलो प्राथमिकता दिइने प्रतिबद्धता जनाउनुभएको छ । संघले पहिलो पटक आयोजना गरेको मेलामा सकेसम्म धेरै विषयहरुलाई समेट्ने प्रयास गरेको अध्यक्ष न्यौपानेले बताउनु भयाे ।

 

लाेक तथा दोहोरी गित प्रतिष्ठानसँग अन्तरक्रिया सम्पन्न

उद्योग व्यापार संघ बर्दघाटद्धारा आगामी माघ आगामी माघ १३ देखि सञ्चालन गर्न लागेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ को सन्र्दभमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल नवलपरासीसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।
आइतबार संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका लुम्बिनी प्रदेश सदस्य महेन्द्र रेग्मी, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पश्चिम नवलपरासीका अध्यक्ष रमेश पराजुली, पुर्व अध्यक्ष भरत पौडेल क्षेत्री, प्रथम उपाध्यक्ष भरत कामु मगरको उपस्थितिमा अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका लुम्बिनी प्रदेश सदस्य महेन्द्र रेग्मीले विषेश दिनमा विशेष कलाकारको प्रस्तुती राखिएको खण्डमा र लोक गित तथा भजन प्रतियोगितालाई समेट्न सकिए मेलाको थप रौनक बढ्ने बताउनुभयो ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पश्चिम नवलपरासीका अध्यक्ष रमेश पराजुलीले स्थानिय कलाकारहरु तथा विद्यार्थीहरुको प्रस्तुती समेट्न सुझाव दिनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पश्चिम नवलपरासीका पुर्व अध्यक्ष भरत पौडेल क्षेत्रीले मेलामा कलाकारहरुको प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गर्दै साँस्कृतिक पक्षलाई समेत जोड्न आग्रह गर्नुभएको थियो ।
प्रतिष्ठानका प्रथम उपाध्यक्ष भरत कामु मगरले स्थानिय कालाकारहरुको प्रतिभा प्रष्फुटन गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै मेलाका संघका सचिवालय सदस्य तथा मेलाका साँस्कृतिक उपसमिति संयोजक मोहन सापकोटाले कलाकारको हकमा प्रतिष्ठानसँग समन्वय गरिने र कलाकारहरुको व्यवसायीकरणमा जोड दिइने बताउनुभयो ।
संघका अध्यक्ष राजु न्यौपानेले प्रतिष्ठानको सुझावलाई आत्मसाथ गरिने बताउनुभयो ।