Bardaghat Na pa

बाल्मिकी मा.बि.को वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

473

कृष्ण ढकाल
बर्दघाट,पौष–१४
बर्दघाट नगरपालिका वडा नं. १ मा रहेको बाल्मिकी मा.बि.को ४७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह आज सम्पन्न भएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशजंङ्ग रायमाझिको अध्यक्षता र बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको हो ।
वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले नगरको शैक्षिक अवस्था सुधारका लागि नगरपालिकाले प्रविधिमैत्री माविद्यालयहरु बनाउने देखि विद्यालयहरुको भौतिक निमार्ण कार्यलाई समेत प्राथामिकता दिएको बताउनु भयो । नगरका अन्य विद्यालयहरु भन्दा फरक पहिचान भएको र समावेशी शिक्षा समेत सञ्चालन गरेको नगरकै एउटा मात्र विद्यालय बाल्मिकी मा.बि. भएकाले शैक्षिक सुधार सहजताका लागि
नगरले यसबर्ष बिषेश सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
समावेशी शिक्षा सञ्चालन भएको बाल्मिकी मा.बि.मा यस बर्ष करिव २५ जना बालबालिकाहरुले समावेसी शिक्षा तर्फको कक्षा कोठामा रहेर अध्ययन गर्ने गर्नु भएको विद्यालयकी प्रद्यानाध्यापक रामकुमारी अधिकारी (पाध्याय)ले जानकारी गराउनु भएको छ ।

४७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहका अवसरमा बिद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विद्यालयले दुई जना शिक्षकलाई सम्मान समेत गरेको थियो ।
विद्यालयबाट सम्म्मानित हुनेमा २०८१ सालको कक्षा १२ को बोर्ड परिक्षामा शिक्षा र विकास बिषयमा शतप्रतिशत नतिजा दिन सफल शिक्षक कृष्णप्रसाद उपाध्याय र अर्धशास्त्र विषयका शिक्षक प्रेमलाल सापकोटा रहनु भएको छ ।

शिक्ष्ँक अर्जुन रिमालको सञ्चालन रहेको कार्यक्रममा विद्यालयले सञ्चालन गरेका बिभिन्न कार्यक्रम तथा प्रतियोगिताका विजेता एवं उपविजेताहरुलाई पुरस्कार वितरण गरीनुका साथै बिद्यार्थीहरुका नृत्यहरु समेवेस गरीएका थिए ।

वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बर्दघाट नगरका शिक्षा,युवा तथा खेलकुद शाखा अधिकृत धनपति पौडेल,वडा नं. १ का वडाध्यक्ष सन्दिप सापकोटा,निर्वतमान वडाध्यक्ष मोतीलाल सुनार,शिक्षक अभिभावक संघका अध्यक्ष राधा थापा,सरस्वती मा.बि.का प्र.अ. सोमनाथ अधिकारी,दाउन्ने देवि मा.बि.का प्र.अ. नेत्रलाल न्यौपाने,शान्ति निकुञ्ज मा.बि.का प्र.अ. विनोद खनाल,निरकुमाबिका प्र.अ. घनश्याम भण्डारी लगाएतको उपस्थिती रहेको थियो ।