कृष्ण ढकाल
बर्दघाट,पुस–५
देशको विषम परिस्थितिका कारण उधोगी ब्यवसायीमा थोरै बिचलनको अवस्था आएको जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौति प्रसाद यादवले बताउनु भएको छ । सधै यस प्रकारको परिस्थिति नरहने भन्दै धैर्यताका साथ अगाडि बढन उधोगी ब्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।
नवलपरासी चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभालाई शनिबार बर्दघाट सम्बोधनगर्दै यादवले उक्तकुरा बताउनु भएको हो । यादवले आर्थिक समृद्धिका लागि नीतिगत सुधार आवश्यक रहेकोले निजीक्षेत्रसँग सहकार्य र समन्वय गर्दै स्थानिय,प्रदेश र संघ सरकार अगाडी बढेमा सबै समस्याहरु हलभएर जाने बताउनु भयो।
कुनै पनि उद्योगी तथा ब्यापारीहरु सुसाशन र अनुसाशनमा रहेर आफ्नो ब्यवसाय सञ्चालन गर्न हो भने कसैले कसैलाई दोस लगाउनु पर्ने अवश्था नआउने यादवको भनाइ रहेको थियो ।
नवलपरासी चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष चन्द्रज्योति बस्यालको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौति प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरका उद्योगी ब्यापारीहरुको उत्थान र संस्थागत विकासका लागि अहिले बर्दघाट उद्योग वाणीज्य संघ र बर्दघाट उद्योग ब्यपार संघ क्रियाशिल रहि रहेको अवस्थामा बर्दघाट चेम्बर अफ कमर्स पनि थपिदा कुनै समस्या नरहने भएकाले आफुले आफ्नो क्ष्ँेत्रवाट गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । नगर प्रमुख श्रेष्ठले ब्यापारीहरुका संघ संस्थाहरु खोलेर मेला महोत्षब मात्र गर्ने तिर भन्दा स्थानीय ब्यपारी ब्यवसायीलाई समेट्दै यहाँको उत्पादन लाई राष्ट्रिय करण गर्न सहयोगगर्न पनि आग्रह गर्नु भएको थियो ।
त्यसैगरी चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष जेपि कंडेलले स्थानीय प्रदेश र संघीय सरकार उधोगी ब्यवसायी मैत्री हुनु पर्ने बताउनु भएको थियो । उधोगी ब्यवसायिले राज्यलाई ८० प्रतिशत कर बुझाएपनि राज्यबाट उद्योग ब्यवसाय सञ्चालन गर्ने उचीत वातावरण नभएको गुनासो गर्नु भयो ।
नवलपरासी चेम्बर अफ कमर्सका जिल्ला उपाध्यक्ष पेउनारायण न्यौपानेको स्वागत मन्तव्य र सह कोषाध्यक्ष गोपाल प्रसाद पाण्डेको सन्चालन रहेको उक्त कार्यक्रममा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य गणेश पोख्रेल,देबदह ब्यापार संघका अध्यक्ष माधब ढकाल,उद्योग बाणीज्य संघ सुनवलका दिल्लीराज पाण्डे,प्रतापपुर चेम्बर अफ कमर्सका गोपाल के.सी,बर्दघाट उद्योग ब्यापार संघका कोषध्यक्ष्ँ दिपक थापा,चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशकी कार्यलय सचीव भगवती बेल्बासे (पोख्रेल),बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव शिव कोइराला ,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण)लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष चन्द्रज्योति बस्यालले संस्थाको प्रगती तथा आय ब्याय बिवरणका साथ आगामी नीति तथा कार्यक्रमको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष रामचन्द्र भण्डारीले उपस्थितलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको चेम्बर अफ कमर्सको संघ, प्रदेश, जिल्ला र नगर स्तरमा समेत चेम्बर अफ कमर्स गठन गरीएका छन । नेपालको सबैभन्दा पुरानो र अग्रणी वाणिज्य संगठन नेपाल चेम्बर अफ कमर्स ७५ वर्ष पूरा भै हिरक वर्षका रुपमा विभिन्न गतिविधि गरि मनाइरहेएको छ।
