बर्दघाट, मंसिर २७
बर्दघाट जेसीजको सातौँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। महेन्द्र गौतमकाे अध्यक्षमा नयाँ समिति निर्वाचित भएकाे हाे।

नवगठित कार्यसमितिमा कार्यकारी उपाध्यक्षका रूपमा मिलन आचार्य र चाँदनी सूर्यवंशी चयन भएका छन भने महासचिवमा खुमाकान्त न्यौपाने तथा कोषाध्यक्षमा विष्णु भुषाल न्यौपाने चयन भएका छन्।
यसैगरी उपाध्यक्ष पदमा किशोर गैरे, विष्णु खनाल, विक्रान्त भण्डारी क्षेत्री र दुर्गा प्रसाद सुवेदी चयन भएका छन्। व्यवसाय संयोजकका रूपमा मनिषा न्यौपाने चयन भएकी छन्।
साे अवसरमा जेसिज बर्ष २०२५का अध्यक्ष मोहन सापकोटा तथा संस्थापक अध्यक्ष राजु न्यौपानेले सम्पूर्ण निर्वाचित तथा मनोनित पदाधिकारीहरूलाई बधाई दिदै सफल नेतृत्व, एकता र ऊर्जाका साथ बर्दघाट जेसीजलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएकाे थियाे ।
अधिवेशनले संस्थाको आगामी कार्यदिशा, नेतृत्व विकास तथा सामुदायिक सेवामा थप प्रभावकारी भूमिका निर्वाह गर्ने आशा लिईएकाे छ।
