कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२०
सामुहिक, निस्वार्थ र स्वस्फुर्त श्रम गर्नेगरी २०८२ साल साउन ६ गते मंगलबार तदनुसार २२ जुलाई २०२५ बाट शुरु भएको एक महत्वाकांक्षी जनयोजना बर्दघाट चुरे उद्यान अहिले सबैको रोजाइमा पर्न थालेको छ ।
महिला ,बालबालिका,युवा,जेष्ठनागरीक तथा समाज सेवी र सामाजिक संघ संस्थाहरु सबैको ध्यान केन्द्रित गर्न सफल भएको नवलपरासी जिल्लाकै एउटा गौरव गर्नलायक जनयोजनाका रुपले परिचित “बर्दघाट चुरे उद्यान” पछिल्लो समय बर्दघाट नगरका विद्यालयहरुका बिद्यार्थीहरुलाई अध्ययन अवलोकन केन्द्रका रुपमा लिइन थालिएको छ ।
संस्कार,संस्कृति,प्रकृति ,श्रम र समाजका वारेमा तहगत रुपमा किताबी ज्ञान लिएसँगै अभ्यासगत रुपमा हेर्ने,अनुभव गर्ने,सिक्ने र सिकाउने उपयुक्त स्थलका रुपमा “बर्दघाट चुरे उद्यान” रहेको भन्दै न्यूलाईफ माबिले कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीहरुलाई प्रोजेक्ट वर्क गर्न “बर्दघाट चुरे उद्यान” मा लगेको थियो ।

वन–वातावरण,जिव–जन्तुको वासस्थान,प्रकृति,पर्या–पर्यटन,बोट–विरुवा,तराई र पहाड,जल,जमिन,जंगल,हावा,पानी,प्रकृति,खोला,ताल,चौपारी,पुल तथा सांधु,एलोपेथीक तथा आयुर्वेदिक औषधी ,धार्मीक मार्ग,श्रम संस्कृति र त्यसको महत्व,ज्याला मज्दुरी ,मनोरञ्जन ,सामाजिक उत्तरदायित्व र त्यसको प्रभाव जस्ता थुप्रै विषयमा बिद्यार्थीहरुलाई जानकारी दिनेगरी अभ्यासगत रुपमा सिकाउन “बर्दघाट चुरे उद्यान” उपयुक्त रहेको “बर्दघाट चुरे उद्यान” का मुख्य अभियान्ता रामप्रसाद पौडेलको भनाइ छ ।
नवलपरासी देखि रुपन्देही सम्मका सुन्दर दृश्यहरु सहजै हेर्न सकिने उत्कृस्ट भ्यु पोइन्ट रहेको“बर्दघाट चुरे उद्यान”मा पुगेपछि बिद्यार्थीहरु निक्कै खुशी हुदै आ–आफ्नै शैलीमा रमाए र केहि बेर श्रमदान गनै समेत पछि परेनन ।
बर्दघाट नगरको पहिचान थप्न र श्रम संस्कृतिका बारेमा जनस्तरमा सम्मानको भावना जागृत गराउने समेत उद्धेश्य रहेको जनयोजना“बर्दघाट चुरे उद्यान”मा अहिले विगत ४ महिना देखि शारीरिक ब्यायाम अर्थात मणीङ्ग वाक गर्न जाने सामाजिक अभियान्ताहरुले नियमित श्रमदान गरीरहनु भएको छ । अहिले सम्म शुन्य लगानीमा कुनै पनि सरकारी वा सामाजिक संघ संस्थाको लगानी नभैकन श्रमदानवाट नै कामहरु भैरहेका छन ।
