सुनवल,कार्तिक ८
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी आन्दोलनका नाममा देशभर भएको व्यापक तोडफोड, आगजनी र हिंसालाई “योजनाबद्ध र घुसपैठको परिणाम भएको बताउनु भएको छ । त्यसैगरी उपमहासचिव ज्ञवालीले अहिले चुनावको तयारीसँगै एमालेले संसद पुनस्थापनाको एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढेको समेत बताउनु भयाे । उहाँले फागुन २१ मा तोकिएको चुनाव गराउने पक्षमा सरकार नदेखिएको दाबी गर्नुभयो । अहिले नवयुवा पुस्तासहित असन्तुष्ट पक्षका माग सम्बोधन गर्न संसद पुनःस्थापना नै उत्तम विकल्प रहेको ज्ञवालीकाे भनाइ थियाे ।
नवलपरासीको सुनवलमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले जेनजी आन्दोलनको उद्देश्य प्रधानमन्त्री परिवर्तन मात्र नभएको तर आन्दोलनको आवरणमा देशको आर्थिक मेरुदण्डमै धक्का पुर्याउने प्रयास भएको उल्लेख गर्नुभयो ।
आन्दोलनका क्रममा देशै भरी एकै पटक १६ यस भन्दा बढी निजि तथा सरकारी कार्यालयहरू ध्वस्त पारिएकाे इतिहाँसकै नेपाल–अङ्ग्रेज युद्धपछिकाे याे अहिलेको क्षति रहेकाले आन्दोलनका क्रममा सुरक्षा निकायमाथि गम्भीर प्रश्न उठेको बताउनु भयो।
“चुनाव हुने सम्भावना नेकपा एमालेले आजको मितिसम्म देखेको छैन्, पहिलो कुरा चुनाव गराउने सरकारको मनसाय नै देखिदैन्, चुनाव गराउँदा उनीहरुका उद्देश्य पूरा हुँदैनन्”, उहाँले भन्नुभयो, “सुरक्षाकर्मीबाट लुटिएको एक हजार बढी हतियार बाहिर छन्, भगाइएका १४ हजार कैदी मध्ये साढे ५ हजार अझै पनि बाहिरै छन्, गम्भीर अपराधमा संलग्न उनीहरुलाई कतिबेला कसले प्रयोग गर्छ, टुंगो छैन्, प्रहरीको मनोबल घटेको छ, यस्तो अवस्थामा चुनाव हुन्छ भनेर कसरी कल्पना गर्ने ?”उपमहासचिव ज्ञवालीले प्रतिप्श्न गर्नुभएकाे थियाे ।
