कृष्ण ढकाल
बर्दघाट,असोज –२५
माकर सनराईज बचत तथा ऋण सहकारी सस्था ,बर्दघाटको २०औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रुक्मांगत ज्ञवालीको अध्यक्षता ,उपाध्यक्ष हुमनाथ आचार्यको स्वागत र सचीब चोलाकान्त भट्टराईको सञ्चालनमा बार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
सभामा संस्थाका अध्यक्ष रुक्मांगत ज्ञवालीले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कमला जि. सि.ले आर्थिक प्रतिवेदन, सचिव चोलाकान्त भट्टराईले आगामी बर्षको नीति तथा कार्यक्रम सहितको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी संस्थाको लेखा प्रतिबेदन लेखा सुपरिवेक्षण समिती सदस्य बिनोद कंडेलले प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको शेयरपुँजी २ करोड ६४ लाख ४४ हजार ६ सय रुपैया ,जगेडा कोषमा १ करोड १४ लाख ६ हजार ४ सय २० रुपैया र संस्थाको कुल पुँजी २८ करोड ९२ लाख २३ हजार ४ सय ९७ रुपैया रहेको संस्थाले प्रकासित गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
त्यसैगरी संस्थाले कुल ६४ लाख ६६ हजार ५ सय ७० रुपिया शुद्ध नाफा गर्न सफल रहेको समेत प्रतिबेदन उल्लेख रहेको छ । १ हजार ६ सय ११ जना शेयर सदस्य रहेको माकर सनराईज बचत तथा ऋण सहकारी सस्थाले बर्दघाट नगरपालिका भित्रलाई आफ्नो कार्यक्षेत्र बनाएको छ भने वडा नं. २ चिसपानीमा सेवा केन्द्र सञ्चालन गरेर सेवा दिइरहेको छ ।
आज ( शनिवार) दाउन्ने पार्टी प्यालेसमा भएको संस्थाको २०औँ बार्षिक साधारण सभाका अवसरमा संस्थाका ३ जना ज्येष्ठ शेयर सदस्य र शैक्ष्ँिक सत्र २०८१ को एस.ई.ई परिक्षामा पासहुने (माध्यमिक तह पास) शेयर सदस्यका छोरा छोरीहरु मध्ये १८ जनालाइ नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो।
सो अवसरमा बोल्दै संस्थाकी शेयर सदस्य तथा निर्वतमान संघिय सांसद सरीता भुषालले सहकारीहरु ऐन ,नियम र कानुनमा रहि विधि सम्बत रुपमा सन्चालन नहुदा समस्याग्रस्त हुने गरेको बताउनु भएको थियो । उहाँले बढी मात्रामा ठुला शहर मुखी सहकारी भन्दा ग्रामिण भेगका सहकारीहरु सवल रहेको बताउनु भयो । सहकारीलाई नियमन गर्ने निकाय बलियो नहुनु दुस्खद रहेको भन्दै सहकारीको नियमन गर्ने सबै भन्दा भरपर्दाै निकाय भनेकै शेयर सदस्य नै रहेको बताउनु भएको थियो । सहकारी सबल र पार्दशी बनाउन सहकारीका सदस्यलाई सहकारी शिक्षालाई अनिवार्य गर्दै सहकारीहरु उत्पादन मुखी हुनु पर्नेमा जोड दिनु भएको थियो ।
त्यसैगरी संस्थाका सल्लाहकार कृष्ण बाहादुर थापा क्षत्री,कमला शर्मा,प्रदिप सुवेदी,राजु न्यौपाने लगायतले बोल्दै माकर सनराईज बचत तथा ऋण सहकारी सस्था अहिले सम्म राम्रो अवस्थामा रहेको भएपनि अझ राम्रो बनाउनका लागि सबै शेयर सदस्यहरुले साथ दिन जरुरी रहेकोमा जोड दिएका थिए ।
सभामा संस्थाका अध्यक्ष रुक्मांगत ज्ञवालीले अहिले संक्रमण कालिन अवस्थामा बितिय संस्थाहरु बिच अस्वस्थ प्रतिस्पर्धा रहेकाले केहि समस्या रहेको बताउनु भएको थियो । सहकारी अभियानमा छुट्टै पहिचान बनाउन सफल संस्थाका रुपमा परिचित गराउने गरी काम गरेको अध्यक्ष ज्ञवालीको भनाइ रहेको थियो ।