कृष्ण ढकाल
बर्दघाट,भदौ–२७
भर्दाै–२४ गते भएको जेनजी आन्दोलनका क्रममा पश्चिम नवलपरासी जिल्लाका बिभिन्न स्थानमा तोडफोड गरी चोरी गर्ने र आग्जनी गर्ने काम भएको छ । जस्मध्ये बर्दघाट नगरक्ष्ँेत्रमा तोडफोड तथा आग्जनी भएका निजि निवास,कार्यालय र सामाजिक संघ संस्थाहरु निम्न अनुसार रहेका छन ।
१) बर्दघाट नगरमा तोडफोड तथा आग्जनी भएका कार्यालयहरु ः
क) बर्दघाट नगरपालिकाको कार्यालय तोडफोड तथा आग्जनी गरेको
ख) बर्दघाट नगरपालिका वडा नं. ४ को कार्यालय तोडफोड तथा आग्जनी गरेको
ग) बर्दघाट नगरपालिका वडा नं. १० को कार्यालय तोडफोड गरेको
घ) बर्दघाट नगरपालिका वडा नं. ४ बाढिपिडीतमा रहेको बर्दघाट उद्योग वाणीज्य संघको कार्यालय , तोडफोड तथा आग्जनी गरेको
ङ) बर्दघाट नगरपालिका वडा नं. ४ त्रिवेणी चोकमामा रहेको पारिजात सामुदायिक वनको कार्यालय तोडफोड तथा आग्जनीको प्रयास गरेको
च) बर्दघाट नगरपालिका वडा नं. १, पुर्नरवासमा रहेको राष्ट्रिय आवास कम्पनीको कार्यालय , तोडफोड तथा आग्जनी गरेको
छ) बर्दघाट नगरपालिका वडा नं. ४, बाढिपिडीतमा रहेको भुमि समस्या समाधान आयोग बर्दघाट शाखाको कार्यालय , तोडफोड तथा आग्जनी गरेको
२) बर्दघाट नगरपालिका भित्र स्थायी वसोवास गर्ने जनप्रतिनिधिहरुका आग्जनी भएका घर तथा ब्यवसायीक फर्महरु ः
क) बर्दघाट नगरपालिका वडा नं. ७, तल्लो वेलाहानीमा रहेको संघिय सांसद विनोद चौधरीको सचिवालय तोडफोड तथा आग्जनी गरेको
ख) बर्दघाट नगरपालिका वडा नं. ४, बर्दघाट थारुटोलामा रहेको संघिय सांसद सरीता खनालको घर तोडफोड तथा आग्जनी गरेको
ग) बर्दघाट नगरपालिका वडा नं. ७, जिमिरेभार(कोटाहा)मा रहेको प्रदेश सांसद विश्व प्रेम पाठकको घर तोडफोड तथा आग्जनी गरेको
घ) बर्दघाट नगरपालिका वडा नं. १४,नारायणचोक (गोपिगञ्ज)मा रहेको निर्वतमान प्रदेश सांसद तथा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको घर तोडफोड तथा आग्जनी गरेको
ङ) बर्दघाट नगरपालिका वडा नं. १०, पञ्चनगर (धु्रवटोला)मा रहेको संविद्यानसभा सदस्य विक्रम खनालको घर तोडफोड तथा आग्जनी गरेको
च) बर्दघाट नगरपालिका वडा नं. ९,पञ्चनगर चोकमा रहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको घर र पार्टी प्यालेसमा तोडफोड तथा आग्जनी गरेको
छ) बर्दघाट नगरपालिका वडा नं. ४,बर्दघाट (शिवकोलोनी) मा रहेको बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायको घरमा तोडफोड तथा आग्जनी गरेको
ज) बर्दघाट नगरपालिका वडा नं. ४,बर्दघाटमा रहेको बर्दघाट नगरपालिकाका निर्वतमान नगर प्रमुख तथा एमाले जिल्ला सचिव धिरज शर्मा बस्यालको दुईवटा घरमा तोडफोड तथा आग्जनी गरेको
तोडफोड तथा आग्जनीवाट के कती क्षती भयो ? भन्नेवारेमा भने अहिले सम्म कुनै पनि स्थानको केहि विवरण संकलन नभएको र क्षतीभएको स्थानमा पुगेर मुजुल्का गर्ने काम समेत नभएको हुँदा कसैले अन्दाजी गर्न सक्ने अवस्था रहेको छैन ।