कृष्ण ढकाल
बर्दघाट,भदौ–२
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँच नम्बर ब्युरोले नवलपरासीको बर्दघाटमा प्रशिक्षण चलाएको छ । आइतबार पार्टी स्थायी समिति सदस्य एवं स्कुल विभाग प्रमुख रामसिंह श्रीसले ब्यानर वाचन र पार्टीको झन्डा फहराएर प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नु भएको थियो।
कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुदर्शन कृष्ण राज पौडेल , पोलिटब्युरो सदस्य परी थापा , सिताराम तामाङले मन्तव्य सहितको प्रशिक्षण राख्नु भएको थियो भने कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा ब्युरो इन्चार्ज प्रेम सुबेदी, केन्द्रीय सल्लाहकार युवराज न्यौपानेको समेत उपस्थिती रहेको थियो ।
भाद्र १ र २ गते दुई दिन सम्म चल्ने प्रशिक्षणमा दर्शनशास्त्र , ऐतिहासिक भौतिकवाद , नेपालको कम्युनिस्ट आन्दोलन , तात्कालिक राजनैनिक परिस्थिति लगायतका विषय प्रशिक्षण गरिने कार्यक्रम तय गरीएको पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी गराउनु भएको छ ।
आईतवारवाट शुरुगरीएको कार्यक्रममा पार्टीका पार्टी नम्बर ब्युरो सचिव जितामित्र सुनारको अध्यक्षता, पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाको संचालन र बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयको स्वागतमा रहेको थियो । बर्दघाट–४ दिब्यनगर गुम्वामा भएको प्रशिक्षणमा ब्यूरो अन्तरगतका ६ जिल्लाका जवस मोर्चाका नेता कार्यकर्ता सहभागी रहेका छन ।
