कृष्ण ढकाल
बर्दघाट,भदौ–१
२०३४ साल देखि बर्दघाट–२,चिसापानीका जनताले संरक्षणगर्दै आएको ग्रिनभेल्टको जग्गा राष्ट्रिय आवास कम्पनी लि.मिटेड योजना कार्यालय माकरले फिर्ता गर्नु पर्ने माग गर्दै आवश्यक पहल गरीदिन चिसापानीवासीले बर्दघाट नगरमा ज्ञापन पत्र बुझाउने भएका छन । ज्ञापन पत्र अहिले १ बजे बुझाउने तयारी गरीएको छ ।
२०६१ साल सम्म ग्रीनवेल्ट को नाममा रहेको जग्गा २०६१ साल साउन ३२ गते सोमवार तात्कालिन ग्रामिण आवास कम्पनीको मिति २०५७ साल असार ८ गतेको पत्र च.न.२१७७ अनुसार भन्दै तात्कालिन ग्रामिण आवास कम्पनीको नाममा नवलपरासी नापी कार्यालयले उक्त ग्रीनवेल्टको जग्गा नामसारी गरेको हुँदा वदर गर्न आवश्यक पहल गरीदिन माग गर्दै ज्ञापन पत्र बुझाउन लागेको वडा स्तरीय जग्गा सहजीकरण समितिका अध्यक्ष प्रेम भुजेलले बताउनु भएको छ ।
यस अघि २०८२ साउन २० गते भएको कार्यक्रम पश्चात वडाका बुद्धिजीबीहरुको छलफलवाट आएको राय सल्लाह अनुसार वडा भित्रका २४ जना बिभिन्न प्रवुद्ध ब्यक्तिहरु र सामाजिक अगुवाहरु समाहितकाे टोलिले २४ सदस्य डेलिकेसन टिन निमार्णगरी आज (२०८२ भदौं १ ) नगर प्रमुख शम्भुलाल श्रेष्ठ र राष्ट्रिय आवास कम्पनी लि.मिटेड योजना कार्यालय माकरलाई ज्ञापन पत्र बुझाउने र त्यो जग्गा फिर्ता ल्याउने कार्यका लागि काम गर्नेगरी टिमनिमार्ण गरीएको वडा स्तरीय जग्गा सहजीकरण समितिका अध्यक्ष प्रेम भुजेलले बताउनु भएको छ ।
२०८२ साउन २० गते वडा स्तरीय जग्गा सहजीकरण समितिको आयोजनामा वडा नं. २ का स्थानिय राजनितिक दल ,संघ संस्थाहरु र नगर प्रमुख तथा उप प्रमुखको माकर २ / ग कित्ता नं. १३१० प्रतिको आफ्नो धारणा सार्ववनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न गरेको थियो ।
ढँेडारी फाँटमा रहेको ग्रिनवेल्डको जग्गा चिसापानीका स्थानियवासीहरुले संरक्षण गरेर राखेकै कारण अहिले उक्त जग्गामा ट्रमा सेन्टर निमार्णको कार्यसंगै , चिसापानी बर्दघाट नगर अस्पताल सञ्चालन भैरहेको छ ।
ग्रिनवेल्डको जग्गा बचाउनका लागि चिसापानीवासीहरुले पटक पटक स्थानिय संघर्ष समिति बनाएर नै ,बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीको कार्यालयमामा तालाबन्दी गर्ने देखि बिभिन्न प्रकारका आन्दोलन र संघर्षका कार्यक्रमहरु गर्दै आएका छन ।
बर्दघाट–२ (साबिक माकर–२ ग) चिसापानीमा कित्ता नं १३१० को कूल आठ बिघा दुई कट्ठा १२ धुर जग्गामध्ये पूर्व तिरवाट करीब तीन बिघा एक कट्ठा जग्गा राष्ट्रिय आवास कम्पनीले कूल ५२ वटा प्लटका लागि २०७५ सालमा छुट्टा–छुट्टै टेण्डर आह्वान गरी बिक्री गर्न खोजिको थियो ।
नक्कली कागजात बनाएर एकलौटी रुपमा तिमिल्सिना टे«डर्स प्रा।लि।ले सबैजसो टेण्डर हालेर हात पार्न लागेको स्थानियले थाहापाएसंगै टेन्डर रोकेका थिए । टेण्डर प्रक्रियाबारे स्थानीयवासीले पारदर्शी नभएको जनाउँदै विरोध जनाएपछि राष्ट्रिय आवास कम्पनी लिमिटेडले सो बोलपत्रहरु अस्वीकृत गरेको थियो ।
बर्दघाट नगरपालिका भित्र रहेको जग्गा बर्दघाट नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने भएपछि जग्गा बिक्री गर्दा स्थानीय तहसँग समन्वय गर्नु पर्ने हुन्छ त्यसैले नगरको अनुमति विना उक्त जग्गा विक्रि वितरको कुनै पनि काम हुननसक्ने भएपछि स्थानियवासीहरु नगरपालिकालाई नै बढी जिम्मेवार बनाउनएर २०३४ साल देखि बर्दघाट–२,चिसापानीका जनताले संरक्षणगर्दै आएको ग्रिनभेल्टको जग्गा नगर वा वडाको माताहतमा ल्याउनु पर्नेमाग राद्यखै आएका छन ।