कृष्ण ढकाल
बर्दघाट,साउन–१९
बर्दघाट चुरे उद्यानमा श्रमदान गर्न जानेहरु र सोही क्षेत्रहुदै दाउन्ने कैलास सम्मको पदयात्रा गर्नेहरुको संख्या दैनिक बढ्न थालेको छ ।
पूर्व पश्चिम राजमार्गको बर्दघाट क्षेत्रमा पर्ने त्रिवेणी चोक नजिकै रहेको चुरेक्षेत्रमा श्रमदान गर्नेहरुको संभावनाको खोजी कै कारण बर्दघाट चुरे उद्यान हुदै दाउन्ने कैलास सम्मको पदयात्रा गर्नेहरुको संख्या बढेको हो ।
आज साउन–१९ गते (तेस्रो सोमवार) ड्रिम टेक्निकल कलेज गोपिगञ्जका बिद्यार्थीहरुको २० जनाको टोलिले बर्दघाट चुरे उद्यान हुदै कैलाश धाम सम्मको सामुहिक पदयात्रा गरेको छ । यात्राका क्रममा बिद्यार्थीहरुले बर्दघाट चुरे उद्यानमा भैरहेको श्रमदानका बारेमा श्रमदानमा जुटेका श्रमदाताहरुसँग श्रमसंस्कृति र श्रमसंस्कारका बारेमा जानकारी लिएको यात्रामा सहभागी स्वास्थ्यकर्मी जिवन न्यौपानेले बताउनु भएको छ ।
साउने झरीलाई च्यालेन्ज गरेर शुरुगरीएको जंगलको यात्रामा उकाली ओरी र समथर भु–भागहरुसंग पौठेजोरी खेल्दै धर्म,संस्कार ,संकृति र रितिरिवाजसँगै प्रकृति,पर्यावरण,जडीबुटी, पर्यटन र मनोरञ्जनका वारेमा बिद्यार्थीहरुलाई जानकारी गराउदै ३ घण्टामा दाउन्ने कैलास यात्रा पुरा गरेको न्यौपानेले गाउँले दर्पण अनलाइनलाई जानकारी गराउनु भएको छ ।
२०८२ साउन–५ गते ( पहिलो सोमवार)सामुहिक यात्रा गरेर बर्दघाट– कैलाश धाम जाने नयाँ गोरेटो बाटो शुभारम्भ गरीएको थियो । बर्दघाट नगर प्रमुख,उप प्रमुख सहित अन्य जनप्रतिनिधि र बर्दघाट नगरक्षेत्रका विभिन्न सामाजिक संघ संस्थाका ब्यक्ति ,पत्रकार तथा समाजसेवी युवाहरुको टोलीले उक्त नयाँ गोरेटो बाटोको सामुहिक यात्रा गरेर बर्दघाट– कैलास मार्गको शुभारम्भ गरेको थियो ।
साउन–१२ गते (दोस्रो सोमवार) दिब्यज्योती मा.बि. बर्दघाट–२,चिसापानीका बिद्यार्थीहरुले पनि बर्दघाट चुरे उद्यानहुदै दाउन्ने कैलास सम्म ३ घण्टाको पदयात्रा सम्पन्न गरेका थिए ।
यता
लामो समयको खडेरी पछि भएको साउने झरीलाई समेत प्रवाहा नगरी आज साउन–१९ गते अर्थात साउनको तेस्रो सोमवार बर्दघाट चुरे उद्यानमा श्रमदान गर्न बर्दघाट योग साधना केन्द्रको टोली पुगेको थियो ।
बर्दघाट नगरपालिका वडा नं. ४ मा रहेको पारिजात सामुदायिक वन क्षेत्रमा महिनौ दिन देखि निरन्तर संभावनाको खोजी अभियानका श्रमदाताहरु श्रमदानमा नै जुटेका छन । अहिले सबै बर्दघाट नगरवासीहरुको साझा अभियानका रुपमा परिणत भएको बर्दघाट चुरे उद्यानको श्रमदानले बर्दघाट नगरको दिर्गकालिन आर्थिक र सामाजिक विकासको संभावना देखाएको छ । त्यति मात्र हैन श्रमदानले मानिसका दिर्गरोगहरुको न्यूनिकरण गर्न र स्वस्थ्य जिवनका लागि उपुक्त रहेको समेत पुष्टि गर्न शुरु गरेको श्रमदानमा सहभागिहरुले बताएका छन ।
विश्व वातावरण दिवस सन २०२५ अर्थात २०८२ जेष्ठ २३ गते देखि बिभिन्न जातका फल–फुलका विरुवाहरु रोपेर शुरु गरीएको संभावनाको खेजी अभियानले अहिले नगरका सबै नगरवासीहरु देखि बिभिन्न सामाजिक संघ संस्था र स्थानिय नगर सरकारको समेत ध्यान केन्द्रित गर्न सफल भएको छ ।
अहिले बर्दघाट चुरे उद्यानमा बिभिन्न जातका फल–फुलका बोट विरुवाहरु रोप्ने , चौपारी बनाउने ,पोखरी तथा पान पोखरी खन्ने देखि पार्क परिसरको झाडीसफाई गर्ने र बर्दघाट– कैलाश धाम जाने पहुँच मार्ग निमार्णको कार्य श्रमदानवाट नै हुदै आएको छ ।
बर्दघाट चुरे उद्यानबाट बर्दघाट बजार मात्र हैन सुनवल र त्रिवेणी सम्मको सुन्दर मनोरम दुश्यावलोकन सकिन्छ । तिनै तहका सरकार ,दातृसंस्था र चन्दा संकलनको आशा भन्दा भावि पुस्ता र समाजको परिर्वतनका लागि श्रमदान सबैभन्दा उत्तम विकल्प देखिएको छ ।