Bardaghat Na pa

बर्दघाट वडा नं.–३ मा डिप ट्युवेलको उद्घाटन,किसानहरु हर्षित

642

कृष्ण ढकाल
बर्दघाट,साउन–१७
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं.–३,कर्मैयामा डिप ट्युवेलको समुद्घाटन गरीएको छ । डिप ट्युवेल भवन र सिंचाईको उद्घाटन बर्दघाट नगरपालिका वडा नं.–३ का वडाध्यक्ष चन्द्रप्रकाश अधिकारीले गर्नु भएको हो ।

८ महिना अघि अध्यक्ष अधिकारीले नै शिलन्यास गर्नुभएको उक्त डिप ट्युवेलबाट कर्मैया र चिसापानी क्ष्ँेत्रका किसानहरुको ७५ बिघा खेतको सिंचाई गर्ने क्षमता रहेको छ ।

कर्मैया चिसापानी डिप ट्युवेल जल सिंचाई उपभोक्ता समिति बर्दघाट–३,कर्मैयाले आयोजना गरेको डिप ट्युवेल सम्ुदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडा नं.–३ का वडाध्यक्ष चन्द्रप्रकाश अधिकारीले डिप ट्युवेलको निरन्तर सञ्चालनका लागि आफुले नगर र वडा वाट गर्ने सक्ने सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।

कर्मैया चिसापानी डिप ट्युवेल जल सिंचाई उपभोक्ता समिति अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षता ,पदमप्रसाद पाण्डेको स्वागत र सदस्य दिपक श्रेष्ठको सञ्चालन रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरी,सूर्य ज्योती युवा क्लब,चिसापानीका अध्यक्ष राम भण्डारी लगाएत बोल्दै भुमिगत जल सिंचाईलाई अब सबै किसानहरुले भरीपूर्ण प्रयोग गरी आधुनिक तरीकाले ब्यवसायीमुखि कृषि गर्न सुझाब दिनु भएको थियो ।

भैरहवामा रहेको भैलुभुज अर्थात् ( भैरहवा लुम्बिनी भुमिगत जल परियोजना ) मार्फत ७८ लाख ८६ हजार १ सय ५६ रुपैया खर्च भैसकेको कर्मैया चिसापानी डिप ट्युवेलबाट अहिले ट्युवेल आसपासको ४५ बिघा खेतको सिंचाई गर्ने सक्नेगरी सिंचाई पाईप विस्तार गरीएको समितिका अध्यक्ष ओमप्रकाश चौधरीले बताउनु भएको छ ।

यसवर्ष खडेरीका कारणले चिन्तीत भएका कर्मैया र चिसापानी क्ष्ँेत्रका किसानहरु डिप ट्युवेलबाट खेतमा सिंचाई गर्न पाउने भएपछि निक्कै हर्षित भएका छन ।