असार–३०
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रुपन्देहीको बुटवल निवासी डा.खगराज शर्मा नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत मुलुकमा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थानको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको थियो।
