Bardaghat Na pa

चिसापानी सामुदायीक बनको आ.व. २०८२/०८३ को योजना तर्जुमा गोष्ठी सम्पन्न

505
बर्दघाट,असार–२८
बर्दघाट नगरपालिका वडा नं २ मा रहेको चिसापानी सामुदायीक बन उपभोक्ता समुहले आ.व. २०८२/०८३ को योजना तर्जुमा गोष्ठी सम्पन्न गरेकाे छ ।
चिसापानी सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरुङको अध्य्यक्षता र सामुदायीक बन महासंघका केन्द्रीय सदस्य कमल बहादुर परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  प्रमुख अतिथी एवं कार्यक्रममा मुख्य प्रशिक्षक परियारले वन समुहले हाल सम्म गरेका योजनाहरुको बारेमा समीक्षागर्दै सुझाव संकलन , आगामी नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने योजनाहरुको छनौट गर्ने पध्दतीका बारेमा सहजीकरण गर्नु भएकाे थियाे । उहाँले प्रत्यक्ष योजना छनौट गर्ने बिधिका बारेमा समेत जानकारि गराउनुनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा सामुदायीक बनका बारेमा समुदाय स्तरमा सुचनाको पहुच, समुदायबाट प्राप्त हुने गुनासो संकलन टिम निर्माण , बन सुरक्षा र चुुनौती, तारबार र बृक्षारोपन कार्यक्रम, छात्राबृध्दी, बिपन्न परिवारलाई आवास निर्माण कार्यक्रम, वन तथा वातावरण, बनको आर्थिक बिकास र बनबाट गरिने समाजिक बिकास हरुका बारेमा जानकारी  दिइएको थियो ।
संस्थाकी उपाध्यक्ष ईन्दु देवि चौधौरीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा संस्थाका लेखा संयोजक माधव अधिकारी, सव डिभिजन कार्यलय बर्दघाटका बन रक्षक भोला यादव, चिसापानी सामुदायीक बन उपभोक्ता समुहका सल्लाहकार दिपप्रकास लोहनी लगायतले शुभकना मन्तब्य राख्नु भएको थियाे  भने कार्यक्रमकाे संचालन संस्थाका सदस्य प्रेम बहादुर भुुजेलले गर्नु भएको थियो ।