Bardaghat Na pa

कारबाही गरेको विरोधमा परासीमा विरोध जुलुस प्रर्दशन

582

बर्दघाट,असार २७

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालमाथि पार्टीको केन्द्रीय अनुशासन समितिबाट कारबाही गरेको विरोधमा खनाल पक्षका कर्यकर्ताले शुक्रवार परासीमा विरोध जुलुस निकालेका छ्न ।
खनालको कारबाही फिर्ता लिन माग गर्दै सदरमुकाम परिक्रमा गरेको जुलुस बुद्ध चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

बिपि स्मृति भवनबाट निकालिएको बिरोध र्याली परासी बजार घणटघर परिक्रमा हुँदा बुद्धचोकमा कोणसभामा परिणत भएको हो। खनाल समर्थक कार्यकर्ता,जिल्ला क्षेत्र तहका नेतृत्व तथा सुभचिन्तक हरुको सहभागीता रहेको बिरोध र्यालीमा सहभागीहरुले धनबाद डनबाद मुर्दाबाद,केन्द्रीय अनुशासन समिति राजिनामा दे,पैसाले पार्टी किन्न पाईदैन,सच्चा कार्यकर्ताको आवाज दबाउन पाईदैन जस्ता नारा लगाएका थिए ।

कोण सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य भिम बहादुर थापा भरतले अरुको उक्साहटमा लागेर गरिएको निर्णय भन्दै घोर भत्सर्ना गर्नु भएको थियो । अरुको पार्टीबाट आएको कुनै राजनिती ईतिहास नबोकेको ब्यक्तिको बिरुद्धमा उत्रन सबै कार्यकर्तालाई आग्रह गर्दै पार्टीको सिद्धान्त र कार्यकर्ताको भावना नबुझिगरीएको निर्णय फिर्ता नगरे कारबाही गर्नेहरुको उल्टा दिन गन्ती सुरु हुने थापाले चेतावनी दिनु भएको थियो ।

क्षेत्रिय कार्यसमिति क्षेत्र नम्बर २ का सभापति दिपक भुसाल र मुस्लिम संघ नवलपरासीका अध्यक्ष बद्री आलमले केन्द्रीय अनुशासन समिति नै अनुशासनहिन रहेको भन्दै नवलपरासीमा कारबाहीको डन्डा चलाएर पार्टी तितरबितर बनाउन केन्द्रनै तल्लिन भएको बताएका थिए ।अध्यक्ष भुसालले एउटा नेतालाई कारबाही गर्दैमा बिचार नमर्ने र ईतर समुह खालि नहुने हुँदा त्यो सपना नदेख्न समेत आग्रह गर्नु भयो । सो अवसरमा नगरदेखि प्रदेश र केन्द्रिय सम्मका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

केन्द्रले खनाललाई कार्वाही गरेपछि जिल्ला कार्यसमितिले केन्द्रिय सदस्य देबेन्द्रराज कंडेललाई कर्वाहि गरेको छ । खनाललाई केन्द्रले एक बर्ष र कंडेललाई जिल्लाले पाँच बर्षका लागी कार्वाही गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीलाई प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको आरोपमा चौधरीकै उजुरीका आधारमा महामन्त्री खनालमाथि कारबाही गरिएको हो । केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले उक्त कारबाहीमा प्रतिशोधपूर्वक भूमिका खेलेको भन्दै खनाल पक्षधर नेता–कार्यकर्ताले कारबाही तत्काल फुकुवा गर्न माग गरेका छन् ।
दोस्रो पक्षका चौधरी–कँडेल समूह भने कारबाही स्वाभाविक भएको दाबी गर्दै सामाजिक सञ्जालमा त्यसको पक्षमा स्टाटस पोष्ट गरिरहेका छन् । अनुशासन समितिका सदस्य सञ्जय गौतम र राजीव कोइरालाले भने उक्त कारबाही पार्टी विधान विपरीत भएको भन्दै सिफारिसमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
अनुशासन समितिले असार २५ गते कारबाही गरेसँगै जिल्ला कार्यसमितिले खनाल पक्षमा निर्णय लिँदै केन्द्रीय सदस्य कँडेललाई पाँच वर्षका लागि जिल्लाबाट निष्कासन गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति विक्रम यादवको अध्यक्षतामा बसेको बैठकले निष्कासनको पत्र केन्द्रमा पठाएको जिल्ला प्रवक्ता राधेश्याम पाठकले बताउनु भयो ।

महामन्त्री खनालले आफूविरुद्ध षड्यन्त्र भएको भन्दै दुई पटक पत्रकार सम्मेलन गर्नु भएको छ । ४० वर्षदेखि कांग्रेसमा लागेका कार्यकर्तामाथि हुकुमी शैलीमा कारबाही भएको भन्दै खनालले विहिवार बर्दघाटमा पत्रकार सम्मेलनमा प्रतिशोधपूर्ण निर्णयको सामना गर्न आफु तयार रहेको बताउनु भएको थियो ।