कृष्ण ढकाल
बर्दघाट,असार–१९
सरकारले अघिसारेको नयाँ कर नितिका कारण सुनचाँदी ब्यवसायिहरु संकटमा पर्ने भन्दै देशभरका सुनचाँदी ब्यवसायीहरु आन्दोलनमा उत्रेका छन ।
आगामी साउन १ गते देखि लागुहुने गरी तय गरीएको नितिमा सुनमा २ प्रतिशत विलासिता कर र हिरा,रत्न तथा पत्थरमा १३ प्रतिशत मुल्य अभिबृद्धि कर ( भ्याट ) लगाउने नितिका विरुद्ध पश्चिम नवलपरासीका सुनचाँदी ब्यवसायिहरु पनि एक हप्ता देखि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन ।
आन्दोलनका क्रममा जिल्लाको परासी सदरमुकाम,सुनवल ,बर्दघाट लगाएतका क्षेत्रहरुमा विरोध र्याली तथा कोण सभा गर्ने देखि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने सम्मका कार्यक्रमहरु गरीसकेका छन ।
विरोधकै क्रममा आज विभिन्न नाराहरु लेखिएका प्लेकार्डहरु बोकेर बर्दघाट बजार परिक्रमा गरी कोण सभा सम्पन्न गरेका छन ।
जिल्ला अध्यक्ष अर्जुन सुनारको अध्यक्षतामा भएको कोण सभामा बोल्दै सुनचाँदी ब्यवसायी संघका केन्द्रिय सदस्य राजेन्द्र सुनारले सरकारले ब्यवसायीमैत्री निति तथा कानुन दिन नसक्दा ब्यवसायिहरु बाध्यभएर सडकमा विरोध गर्न आउनु परेको बताउनु भएको थियो ।
आफ्ना पुर्खाको सिप र ज्ञानलाई सांस्कृति पहिचानका रुपमा परिमार्जन गरेर सञ्चालन गरीएका सुनचाँदी ब्यवसायका पसलहरुमा उपभोक्ताहरुले आफ्नो धार्मीक कार्य तथा उत्सवहरुमा प्रयोग गर्ने वस्तुमा विलासिता कर लगाउनु गलत भएको उहाँको भनाई थियो ।
जिल्ला अध्यक्ष अर्जुन सुनारले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेको उक्त कोण सभामा बोल्दै बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले सुनचाँदी पसलहरु बन्दहुदा ब्यवसायी र कारीगढहरु संगै आम उपभोक्ताहरु समेत मारमा परेको बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव देवेन्द्र वि.क.ले गर्नु भएको थियो ।