Bardaghat Na pa

पाल्हीनन्दन गाउँपालिकाले आ. व.२०८२ / ०८३ का लागि ५३ करोड बजेट सार्वजनिक गर्यो

506

कृष्ण ढकाल
बर्दघाट,असार–१०
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि ५३ करोड ११ लाख १३ हजार ८ सय २१ रुपैया बराबरको बजेट सार्वजनिक गरेको गरेको छ ।
गाउँपालिकाको मंगलबार सम्पन्न १८ औं गाउँ सभामा गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी (सकिना)ले प्रस्तुत गरेको ५३ करोड ११ लाख बराबरको बजेट सर्वसम्मत पारित भएको थियो ।
१८ औं सभामा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) ले पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै थोरै बजेटले गाउँपालिकाको समग्र विकासलाई प्राथमिकता दिएर आफहरुले आगामि वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याइएको बताउनु भएको थियो ।

उपाध्यक्ष अन्सारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा संघीय सरकारबाट सशर्त अनुदान २० करोड, समानीकरण अनुदान ११ करोड ८ लाख, घरजग्गा रजिष्ट्रेसन दस्तुर बाँडफाँडबाट ८० लाख, राजश्व बाँडफाँडबाट ९ करोड ४३ लाख ९६ हजार ९५६, संघीय विशेष अनुदान २ करोड र समपुरक अनुदान १ करोड प्राप्त हुने अनुमान सहितको बजेट रहेको छ ।

यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान ७७ लाख ४४ हजार रुपैयाँ, सशर्त अनुदान १ करोड ५ लाख, राजश्व बाँडफाँडबाट ९६ लाख ५५ हजार प्राप्त हुने अनुमान गरिएको छ भने गत वर्षको मौज्दात ४ करोड ५० लाख रहेको उपाध्यक्ष अन्सारीले बताउनु भयो । ६ वटा वडा रहेको गाउँपालिकाले प्रत्येक वडालाई १ करोडका दरले बजेट विनियोजन गरेको छ ।