Bardaghat Na pa

एक वडा एक योगा केन्द्र सञ्चालन गछौं ः नगर प्रमुख श्रेष्ठ

480

कृष्ण ढकाल
बर्दघाट,असार–३

स्वास्थ्य निरोगी र दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्न जरुरी रहेको आज बर्दघाट–४ शिवालय मन्दिरमा आयोजित योग शिवरमा सहभागि बक्ताहरुले बताएका छन । मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको र नसर्ने रोगको जोखिम पनि बढेको हुदाँ हरेक मानिसलाई योगअभ्यास अति आवश्यक रहेको उनीहरुको भनाइ रहेको थियो ।

नियमित योगा गर्ने मानिसहरु खुसी र आन्नदित रहने त्यसैगरी शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ रहनका लागि योगागर्न अनिर्वाय रहेको उनीहरुको भनाइ रहेको थियो ।


बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा त्रिनेत्र ज्येष्ठ नागरीक दिवा सेवा केन्द्रको आयोजना र पतञ्जली योग समिति त्रिनेत्रधाम जिमिरेभारको सहकार्यमा सञ्चालीत पाँच दिने निःशुल्क बृहत योग विज्ञान शिविरमा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले अहिले नगरका चार क्लष्टरमा मात्र योग शिवर सञ्चालन गरीएकोमा अब अर्काे बर्षवाट एक वडा एक योगा केन्द्र रहनेगरी नगरले बजेट विनियोजन गर्ने बताउनु भएको थियो ।

त्रिनेत्र ज्येष्ठ नागरीक दिवा सेवा केन्द्रका कार्यक्रम संयोजक तथा पतञ्जली योग समिति त्रिनेत्रधाम जिमिरेभारका अध्यक्ष नरेश पंगेनीको अध्यक्षता र नगरप्रमुख श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उप–प्रमुख रुद्रप्रसाद उपाध्याय,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,शिवालय मन्दिर ब्यवस्थापन समितिकी अध्यक्ष देवि पौडेल ,पतञ्जली योग समितिका जिल्ला सचिव लेखनाथ न्यौपाने महिला अध्यक्ष दिलकुमारी कुवंर लगाएतको उपस्थिती रहेको थियो ।