Bardaghat Na pa

ग्रामिण वाल्मीकि बचत तथा ऋण सहकारी प्रथम

511

बर्दघाट,चैत्र-२०

६९औ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बर्दघाट नगरपालिकाले नगरभित्र रहेका सहकारीहरुलाई सम्मान गरेको छ ।कार्यमुल्याङ्कन र विभिन्न मापदण्डका आधारमा पहिलो,दोस्रो र तेस्रो हुने सहकारीहरुलाई नगद,प्रमाणपत्र र मेडलले सम्मान गरिएको हो ।

स्थानीय प्रदेश र संघ तिनै तहको मापदण्डका आधारमा मुल्यांकन गर्दा नगर भित्र रहेका ४३ सहकारी मध्ये कोपोमिस प्रणालीमा आधारित ग्रामिण वाल्मीकि बचत तथा ऋण सहकारी प्रथम

,सुर्यगङ्गा बचत तथा ऋण सहाकारी सस्था दोस्रो र सिद्धबाबा बहुउद्देश्यीय ॠण सहकारी सस्था त्रितिय भएको शाखा प्रमुख सिर्जना अर्यालले जानकारी दिनु भयो ।उक्त सहकारी हरुले क्रमशः नगद रु १० हजार,७ हजार र ५ हजार प्राप्त गरेका छ्न ।

कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले ग्रामिण स्तरमा अर्थतन्त्र चलायमान गराउन सहकारीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकारी आफ्नो मर्म अनुरुप चल्न सक्नु पर्नेमा जोड दिनु भयो ।नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले पछिल्लो समय सहकारीहरुमा देखिएका अपारदर्शीता र अपचलनले सहकारी प्रति सेयर सदस्य र बचतको विश्वासमा आँच आएको उल्लेख गर्दै सहकारीलाई सहकारीकै सिधाान्त अनुरुप चलाउन संचालक समिती शेयरधनी सबै सस्था हितमा प्रतिबद्ध हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नगर प्रवक्ता सन्तबहादुर गाहा,प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल लगायत विभिन्न सहकारी सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।