Bardaghat Na pa

आठौ क्याम्पस प्रमुखका रुपमा दिपक बहादुर खड्का नियुक्त

512

कृष्ण ढकाल
बर्दघाट,चैत्र–११
बर्दघाट नगरपालिका वडा नं. २,चिसापानीमा रहेको दिब्यज्योती बहुमुखी क्याम्पसमा आठौ क्याम्पस प्रमुखका रुपमा दिपक बहादुर खड्का नियुक्त हुनुभएको छ । नव नियुक्त क्याम्पस प्रमुख खड्कालाई आज एक कार्यक्रमका विच सहकर्मी प्रध्यापकहरुले सम्मान सहित बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो भने निर्वतमान हुनु भएका सागरमणी पाण्डेलाई स्वर्णिम कार्यकाल पूरा गरेको भन्दै धन्यवाद ज्ञापन सहित बधाइ तथा सम्मान प्रदान गरेका थिए ।

सोही अवसरमा बोल्दै पूर्व क्याम्पस प्रमुख बद्रीनाथ खनालले पहिले क्याम्पस सञ्चालनका लागि आर्थिक पक्ष कम्जोर रहेको भएपनि अहिले अब सुध्रिएको बताउदै अब शैक्षिक गुणस्तर सुधारका पक्षमा काम गर्न नव नियुक्त क्याम्पस प्रमुख खड्कालाई आग्रह गर्नु भएको थियो । क्याम्पस सुधार्नका लागि प्रध्यापक तथा कर्मचारीहरुलाई उनीहरुको दक्षता र योग्यताका आधारमा जिम्मेवारी प्रदान गर्दै खुशी बनाएर अघिबढ्न सुझाब दिनु भएको थियो ।

त्यसैगरी प्रध्यापक शेषकान्त पौडेलले क्याम्पसको प्रशासनिक र शैक्षिक गुणस्तर सुधार्नका लागि विधिले काम गर्ने वातावरण बनाउनु पर्ने धारणा राख्नु भएको थियो । त्यस्तै प्रध्यापक शित्तल शर्माले क्याम्पसमा विगतमा भएका बिद्यार्थी संख्या ,भौतिक र आर्थिक समस्याको स्मरण गर्दै अहिले आर्थिक पक्ष मजबुत हुदाा केहि आशा पलाएको बताउनु भएको थियो ।

पूर्व क्याम्पस प्रमुख कृष्णवन्धु पौडेलको सञ्चालन रहेको उक्त कार्यक्रममा बोल्दै नव नियुक्त क्याम्पस प्रमुख दिपक खड्काले आफुलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको प्रति धन्यवाद प्रकट गर्दै आगामी दिनमा सबैको साथ सुझाब र सहयोगमा क्यम्पसको श्रीवृद्धिका लागि कटिबद्ध भएर लागि पर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी निर्वतमान हुनु भएका सागरमणी पाण्डेले आफु वि.सं .२०६३ सालमा दिव्य ज्योति बहुमुखी क्याम्पसमा प्रवेश गरी पाँच वर्ष चार महिना सहायक क्याम्पस प्रमुखको भूमिका र चार वर्ष क्याम्पस प्रमुखको भूमिकामा रही काम गरेको जानकारी गराउनु भएको थियो । उहाँले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो । अप्ठ्यारो परिस्थितिमा क्याम्पस प्रमुखको रूपमा जिम्मेवारी प्राप्त गरेसँगै क्याम्पसको आर्थिक, भौतिक तथा गुणस्तर पक्षमा सुधारका लागि आफुसँगै अहोरात्र खटिने सञ्चालक समिति,कर्मचारी लगाएत सामाजिक ब्यक्तित्वहरु सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

आज नै क्याम्पस सञ्चालक समितिले नव नियुक्त क्याम्पस प्रमुख दिपक खड्का र साहायक क्याम्पस प्रमुख राजु पौडेललाई बधाई सहित पदभार ग्रहण गराएको छ । पदभार ग्रहण कार्यक्रममा बोल्दै क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलले नि(वर्तमान क्याम्पस प्रमुख सागरमणि पाण्डेले आफ्नो कार्यकालमा आर्थिक, भौतिक, शैक्षिक र समग्र पक्षमा राम्रो काम गरेको भन्दै धन्यवाद प्रकट गर्नु भएको थियो । त्यसैगरी अबका दिनमा अझै क्याम्पसको उन्नयनका लागि नवनियुक्त दीपक बहादुर खड्को लगाब रहनेमा आफु विश्वस्त रहेको धारणा राख्नु भएको थियो ।