Bardaghat Na pa

दिब्यशक्ति टोलमा रहेको श्रीराम मन्दिरमा मूर्तिप्रतिस्थापन गरीयो

518

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१३

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँरहदा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. –४ दिब्यशक्ति टोलमा पनि आज नै नव निर्मित राम मन्दिरमा श्रीराम,सिता र लक्षमणको मुर्ति प्रतिस्थापन गरिएको छ । मुर्ति प्रतिस्थापन गर्नु पुर्व भजनकृतन सहित मुर्तिलाई गाउँपरिक्रमा गरीएको थियो ।

शिवशक्ति ईको पार्कमा निर्मित राम मन्दिर करिब ५ लाख बढीको लागतमा निमार्ण गरिएको राम मन्दिर निमार्ण समितिका अध्यक्ष्ँ मिना कोईरालाले बताउनु भएको छ ।

भगवान् श्रीरामको सम्झनामा मनाइने चैत्र शुक्ल नवमीको दिनपारेर आज मन्दिरमा मुर्तिप्रतिस्थापन गर्ने देखि पूजापाठ ,होमन ,लखवत्ति प्रज्वलन र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठबाट मन्दिरको समुदघाट गर्नेकार्य समेत सम्पन्न भएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले धर्मका माध्यामबाट सभ्यसमाज र विकास निमार्णमा सहयोग पुग्ने विश्वास ब्यक्तगर्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै दिब्यज्योती बहुमुखि क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलले नैतिक शिक्षा ,संस्कार र संस्कृति हराएको भन्दै धर्मका माध्यामबाट पुर्नजागरण गर्न जरुरी रहेको बताउनु भएको थियो ।

त्यसैगरी शिवालय मन्दिर ब्यवस्थापन समितिकी निवर्तमान अध्यक्ष देवि पौडेलले मन्दिर निर्माणसँगै अब नियमित रुपमा पुजा गर्ने पुजारीको ब्यवस्था गर्न जरुरी रहेको बताउनु भएको थियो ।