Bardaghat Na pa

दाउन्नेमा बस दुर्घटना १५ घाईते ,३ जनाको मृत्यु ( विवरण सहित )

556

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१४

पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा बस दुर्घटनाहुदा १५ जना घाईते र ३ जनाको मृत्यु भएको छ । पूर्ववाट पश्चिमतर्फ आउदै गरेको ना ७ ख ९३९८ न नम्वरको ट्रकले सोही दिसातर्फ आउदै गरेको लु २ ख २३५१ नं.को बस र सोही दिशा तर्फ आउदै गरेको ना. ५ ख २२७५ नं. को पिक अफलाई ठक्कर दिदाँ बस करिव सय मिटर टत खसेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
बसदुर्घटनामा परि घाईते भएका बसमा सवारयात्रुहरु मध्ये केहि लुम्बिीनी सिटी अस्पताल बुटवल,मा उपचार भैरहेको छ भने केहिे जनाको स्थानिय चिसापानी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । मृत्युभएका हरुको शव जिल्ला अस्पताल परासी सदरमुकाममा राखिएको छ । यात्रुवहाक बस काठमाणडौंबाट रोल्पाका लागि हिडेको जनाइएको छ ।

बांकी विवरण यसप्रकार छ ।

१) बसमा सवार जिल्ला रोल्पा परिवर्तन ४ बस्ने वर्ष अं. २४ को मरिचमान घर्तीमगर टाउको,नाक, अनुहारमा चोट अवस्था मध्यम ।
२) बस चालक ऐ. माडी बस्ने वर्ष अं.२४ को हिमाल घर्ती मगर शरिरको विभिन्न भादमा चोट अबस्था मध्यम
३) जिल्ला कञ्चनपुर कृष्णपुर गा.पा. ६ बस्ने वर्ष अं. २८ को लोकराज ओझाको टाउकोमा चोट अवस्था मध्यम ।
४) ट्क चालक जिल्ला बर्दिया बारबर्दिया न.पा. ७ बस्ने वर्ष २४ को सागर चौधरीको अनुहारमा चोट अवस्था मध्यम ।
५) ऐ. बस्ने वर्ष १९ को जिवन चौधरी शरिरमा सामान्य चोट अवस्था सामान्य ।
६) जिल्ला काठमाडौ बस्ने वर्ष अं. २८ कि लक्ष्मी खत्रीको कम्मर र दुवै खुट्टामा चोट अवस्था मध्यम ।
७) जिल्ला रोल्पा माडि २ बस्ने वर्ष अं. १९ को किरण पुन मगरको अनुहारमा चोट अवस्था मध्यम।
८) ऐ. बस्ने वर्ष ४८ कि सुशिला नेपालीको खुट्टार अनुहारमा चोट अवस्था मध्यम।
९) जिल्ला रोल्पा माडि गा. पा. ४ वस्ने वर्ष ५८ को मोतिलाल डाँगी टाउको खुट्टामा चोट अवस्था मध्यम ।
१०) ऐ. बस्ने वर्ष अं. ६२ को झुप बहादुर घर्तीको शरिरको अनुहारमा चोट अवस्था मध्यम ।
११) ऐ. ३ बस्ने वर्ष अं. ६२ को तिर्थ बहादुर पुन शरिरको विभिन्न भगमा चोट अवस्था मध्यम ।
१२) जिल्ला दाङ घोराही ३ बस्ने वर्ष ४९ को खिम बहादुर नेपालीको अनुहारमा चोट अवस्था मध्यम ।
१३) १ जना महिलाको अ.बर्ष २५ की नाम थर वतन हालसम्म नखुलेको अवस्था सिरियस ।
चिसापानि अस्पतालमा उपचार भईरहेको घाईतेहरु ;-
१)जिल्ला चितवन इछ्छा मनकामना १ वस्ने वेष ३१ को विशाल चेपाङ अवस्था सामान्य ।
२)पिकिअप चालक जिल्ला चितवन रत्न नगर वस्ने वर्ष अं. २९ को आषिक गुरुङ को अनुहारमा चोट अवस्था सामान्य ।
जिल्ला अस्पताल परासी परासीमा रहेका मृतकहरू
१) जिल्ला रोल्पा बागमारा बस्ने वर्ष अं. २५ को गोबिन बुढा ।
२) नामथर वतन नखुलेको अं. २५-२६ को मृतक ।
३ ) नामथर वतन नखुलेको पुरुष व्यक्ति घटना स्थलमा बसमा च्याप्पिएको उद्वार गरी जिल्ला अस्पताल पठाईएकोमा मृत्यु ।
मृतक ३ वटा शव जिल्ला अस्पताल परासीको शवगृहमा राखिएको ।