Bardaghat Na pa

दाउन्नेमा राजमार्ग हिलाम्मे भएर गाडी चल्न सकेका छैनन्

661

कृष्ण ढकाल
बर्दघाट,असार–३
पानी परेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड हिलाम्मे भएको छ । सडक हिलाम्वे भएपछि विहानै देखि सवारी आवागमन प्रभावित भएको छ । दाउन्नको सडक हिलोले चिप्लो भएपछि सवारी साधनहरु उकालो उक्लिन सकेका छैनन् ।

निर्माणाधीन सडक हिलाम्मे हुँदा सवारी साधनहरू दाउन्नेको उकालो चढ्न नसकेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । केहि साना गाडीहरु भने विस्तारै–विस्तारै चलेको भएपनि अहिले बर्दघाट क्षेत्र र दुम्कीवास क्ष्ँेत्रमा सवारी साधनहरुको लामो लाइन लागेको छ । घण्टौंसम्म सडकै रोकिनुपर्दा यात्रुहरु हैरान छन् । अहिले गाडीको लामो लाइन लागेको छ ।