कृष्ण ढकाल
बर्दघाट,जेष्ठ,३०
पश्चिम नवलपरासीको बर्दघाटमा पिक्निक खानगएका सबै विरामी भएका छन । गत जेष्ठ २७ गते आयोजना गरेको बनभोज कार्यक्रममा सहभागी ९० जना जतीमा ८० बढी विरामी परेको पिक्नीकमा सहभागि मंगल गुरुङले बताउनु भएको छ ।
बर्दघाट नगरपालीका वडा न.१६ सित्तल बस्ती आमा समुहले गत जेष्ठ २७ गते आयोजना गरेको बनभोज कार्यक्रममा सहभागी भएर खाना खानेहरुलाई २८ गते देखि झाडाबान्ता हुने र ज्वरो आउने भएपछि स्थानिय मेडिकलमा उपचार गनेर्को भिडलागेको थियो ।
केहि बर्दघाटको संजीवनी मेडिकलमा उपचार गराएर घर फर्केका छन । धेरै जसोलाई सामान्य झाडापखला लागेपनि केहिलाई चिसापानी अस्पतालले समेत रिफर गरेर बुटवल पठाइएको छ ।
बर्दघाट–१६ शित्तल आमा समुहको लगानीमा कन्चन गढीको पुर्वी भेक झलुङे पुल पारी सित्तल बस्ती आमा समुह द्वारा निर्मित ट्रष्टमा पिक्निक खाएसंगै पिक्नीकमा गएकाहरु विरामी भएका हुन ।
खानामा सबै कुरा ठिक रहेको तर पहिलो पटक सो क्षेत्रमा पिक्नीक खादा नजिकै रहेको संसारीमाईलाई पुजा गरेर नखाएका कारण मानिसहरु बिरामी परेकोहुन सक्ने भन्दै पुजा गर्ने तयारीमा रहेको पिक्नीकमा सहभागि गुरुङले बताएका छन ।
