व्यवसायीमैत्री बन्दै उद्योग ब्यापार संघ बर्दघाट ,अन्तर संस्था सहकार्य अभियान जारी ः अध्यक्ष न्यौपाने
कृष्ण ढकाल
बर्दघाट,जेष्ठ– २१
उद्योग ब्यापार संघ बर्दघाटले आफ्नो कार्यसमिति, कर्मचारी र सङ्घमा आबद्ध भएका उद्योगी व्यवसायी सदस्यहरूलाई बिभिन्न क्ष्ँेत्रमा सहयोग पुग्ने गरी कामको थालनि गरेको छ ।
२०८१ चैत्र १७ गते संस्था दर्ता ऐन २०३४ अनुसार बिधिवत रुपमा जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा दर्ता भएर आफ्नो सेवा शुरु गरेको उद्योग ब्यापार संघ बर्दघाटले यतिवेला बिभिन्न प्रकृतिका नयाँ आयमका नमुना कामहरु गरीरहेको छ ।
बर्दघाट नगरका उद्योगी व्यवसायी सदस्यहरूको समस्यालाई ध्यानमा राखेर उद्योग ब्यापार संघ बर्दघाटले बजारक्षेत्रका चोक चोकमा अग्नि नियन्त्रक यन्त्र राख्ने कामबाट आफ्नो सेवाको परिचय दिन शुरु गरेको थियो ।
त्यसैगरी देवदह मेडिकल कलेज एण्ड इन्स्टिच्युट प्रा.लि. रुपन्देहीमा आफ्ना उद्योग ब्यापार सङ्घ बर्दघाटका कार्यसमिति, कर्मचारी र सङ्घमा आबद्ध भएका उद्योगी व्यवसायी सदस्यहरूलाई अस्पतालमा उपचार गर्दा विभिन्न क्षेत्रमा छुट सुविधा हुने गरी समझदारी पत्रमा हस्ताक्षर गरेको संघका अध्यक्ष राजु न्यौपाने बताउनु भएको छ । त्यस लगत्तै रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी केबलकार लिमिटेड सँग दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरी सङ्घका कार्यसमिति, कर्मचारी र सङ्घमा आबद्ध भएका उद्योगी व्यवसायी सदस्यहरूलाई छुटको ब्यवस्था गरेको अध्यक्ष न्यौपानेको भनाई छ ।
अहिले फेरी सङ्घका कार्यसमिति, कर्मचारी र सङ्घमा आबद्ध भएका उद्योगी व्यवसायी सदस्यहरूको समस्यालाई ध्यानमा राखि भैरहवा पुगेर यति एयरलाइन्ससँग सङ्घका कार्यसमिति, कर्मचारी र सङ्घमा आबद्ध भएका उद्योगी व्यवसायी सदस्यहरूलाई भाडामा छुट र लगेजमा अतिरिक्त सुविधा दिनेगरी सोमबार दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरीएको न्यौपानेले बताउनु भयो ।
यति एयरलाइन्सको तर्फबाट स्टेसन प्रमुख अनुप ढकाल र उद्योग ब्यापार सङ्घको तर्फबाट अध्यक्ष राजु न्यौपानेले सहमति पत्र हस्ताक्षर गरी पत्रआदानप्रदान गरे सँगै छुट सुविधा लागु भएको ५ ।
सङ्घका सदस्य, कर्मचारी र कार्यसमितिले हरेक टिकटमा ५ सय रुपैयाँ छुट र ५ केजी अतिरिक्त लगेज सुविधा पाउनेछन् । सङ्घले अन्तर संस्था सहकार्य अभियान सञ्चालन गरी उद्योगी व्यवसायी सदस्यहरूका लागि विभिन्न क्षेत्रमा सुविधा उपलब्ध गराउने गरी अभियान चलाइरहेको जनाएको छ ।