कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–११
बर्दघाट उद्योग वाणिज्य संघले आगलागी पीडित एम एस पावर टुल्स स्पेयर पार्ट्स तथा इलेक्ट्रीकल पसल बर्दघाटका सञ्चालक दिपेन्द्र प्रसाद गुरौँलाई चालीस हजार रुपैया सहयोग गरेको छ ।
पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित एम एस पावर टुल्स स्पेयर पार्ट्स तथा इलेक्ट्रीकल पसलमा २०८२ साल बैशाख २१ गते विद्युत सर्ट भएर आगलागी हुदाँ गुरौँको करिब पाँच लाख रुपैयाँ बराबरको नोक्सानी भएको थियो।
बर्दघाट उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरुमाथि आइपर्ने विपतमा सहयोग गर्न भन्दै स्थापना गरेको विपत कोषबाट ब्यवसायिको राहतका लागि उक्त ४० हजार रुपैया सहयोग गरेको संघका वरिष्ठ उपाध्यक्ष एवं राहत कोष संयोजक तारा प्रसाद गौतमले बताउनु भएको छ ।
राहत वितरण कार्यक्रममा बर्दघाट नगरपालिका–४ का वडा अध्यक्ष बेदबिना तिवारीले संघले व्यवसायी साथीहरुको पीडामा मलम लगाउने कार्य गरेको प्रति प्रशंसा गर्नु भएको थियो । उहाँले संघले आगामी दिनमा पनि यस्तै ब्यवसायीहरुलाई साथ र सहयोग गर्नु पर्नेमा तिवारीले जोड दिनु भयो ।
त्यसैगरी आगलागी पीडित एम एस पावर टुल्स स्पेयर पार्ट्स तथा इलेक्ट्रीकल पसल सञ्चालक दिपेन्द्र प्रसाद गुरौँले समस्याको बेला संघले राहत उपलब्ध गराउँदा आफूलाई घाउमा मलम पाएको अनुभव भएको बताउनु भयो ।
राहत बितरण कार्यक्रममा बर्दघाट उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो।
